काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो ।
सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि छलफलका लागि बैठक बोलाइएको थियो । अर्को बैठकको मिति पनि तोकिएको छैन ।
प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री केपी शर्मा ओलीको निकटमा रहेर काम गर्ने अधिकांश सचिवालय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपनि उहाँको भने रिपोर्ट नेगेटिभ आएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार लिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको उहाँको सचिवालयले जनाएको छ । सचिवालयका सदस्यहरुको भन्दा एक दिनअघि उहाँको स्वाब लिइएको थियो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य, स्वकीय सचिवहरु राजेश बज्राचार्य र दीपेन्द्र दाहालको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
प्रधानमन्त्री ओलीका राजनीति सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सरकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र प्रधानमन्त्री कार्यालयमा खटिएका ७६ सुरक्षाकर्मीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।