काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ देखिएको छ । पीसीआर परीक्षणका लागि उनीहरुको शुक्रबार स्वाव संकलन गरिएको थियो ।
सल्लाहकारद्वयले सामाजिक सञ्जाल मार्फत पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाएका छन् ।
सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन् “हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछुँ ।”
त्यस्तै प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछुँ ।”