काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज विहान छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको बताइएको छ ।
पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको समाचार सार्वजनिक भइरहेपनि आज दुई अध्यक्षबीच पुरानै विषयमा छलफल भएको बताइएको छ ।
मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमित गर्न सचिवालय बैठकले जिम्मेवारी तोके पनि दुई अध्यक्षबीच नियमितजसो छलफल भइरहेको छ । आज भएको छलफलमा केही सहमति भएको हुनसक्ने वालुवाटार स्रोतको दावी छ ।
आजको छलफलमा पार्टी संगठनका बाँकी एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा समेत कुरा भएको बुझिएको छ । दुई अध्यक्षसहित महासचिव विष्णुप्रसाद पौडेललाई असोज मसान्तभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ठोस आधार तयार गर्न पार्टीले जिम्मेवारी तोकेको थियो ।
त्यस्तै आजको छलफलले शनिबार साँझ ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको छ । दुई अध्यक्षबीच सहमतिको मोटामोटी खाका तयार भएकाले शनिबार वालुवाटारमा सचिवालयको बैठक हुने भएको बताइएको छ ।