काठमाडौं । सरकारले मुख्यसचिवमा परराष्ट्र सचिव शंकर बैरागीलाई नियुक्त गरेको छ । आज विहान वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको नाम सिफारिस गरेको बताइएको छ ।
त्यस्तै बेलायतका लागि नेपाली राजदूतमा मुख्यसचिव लोकदर्शन रेग्मीको नाममा सिफारिस गरेको एक मन्त्रीले बताएका छन् ।
३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले बुधबार राजीनामा दिएका थिए । मन्त्रिपरिषद बैठकले रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए ।