काठमाडौं । महाधिबेशनको बिषयलाई लिएर नेपाली काँग्रेस भित्रको आन्तरिक बिवाद सतहमा आउन थालेको छ । साँढे चार वर्ष अघि सम्पन्न १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका शेरबहादुर देउवाले बिधानअनुसार पार्टी संचालन गर्न नसेकोमा उनको चर्को आलोचना हुँदै आएको छ । सभापति देउवाले बिधान बिपरित गरेका निर्णयहरु सच्याउन पार्टीका नेताहरुले एक हप्ताको अल्टिमेटमा दिएका छन । यस कारण पनि घोषित आसन्न १४ औं महाधिवेशन निर्धारित मिती समयमा हुने कुरामा आशंका उव्जिएको छ ।
महाधिबेशन हुने नहुने अनिश्चितताका बावजुत पनि सभापतिका आकांक्षीहरुको संख्या भने दिनप्रतिदिन बढदै जान थालेको छ । पार्टी सभापति देउवाले संस्थापन इतर समुहलाई पेलेरै एकपक्षिय ढंगले बिभागहरु गठन गरेकोमा पनि उनको चर्को आलोचना हुँदै आएको छ । त्यति मात्र होइन, बिधानअनुसार पार्टीको संगठन संचालन गर्न नसकेको र महाधिवेशनको निश्पक्षता माथि पनि केन्द्रिय सदस्यहरुले प्रश्न उठाएका छन ।
गत सोमवार २७ जना केन्द्रिय सदस्यहरुले पार्टी केन्द्रिय कार्यालय सानेपामा बिरोध पत्रसमेत बुझाएका छन । महाधिवेशनको बिषयलाई लिएर केहीदिन भित्रै बस्न लागेको केन्द्रिय समितिको बैठक अगाडि नै बिगतमा सभापति देउवाले एकपक्षिय ढंगले गरेका निर्णयहरु सच्याउन पनि नेताहरुले आग्रह गरेका छन ।
१३ औं महाधिवेशनमा देउवालाई सभापति बन्न सहयोगि भुमिका खेलेका मुख्य नेताहरु नै अहिले उनको बिपक्षमा उभिन थालेका छन । पार्टी सभापति देउवाको कार्यशैलीलाई लिएर १३ महाधिबेशनमा देउवाको प्यानलबाट महामान्त्रीको उ्रम्मेदवार बनेर पराजित भएका अर्जुननरसिंह केसीसमेत बिरोधमा उत्रिएका छन । संस्थापनइतर पक्ष मात्र होइन, देउवानिकटका केसी र उपसभापति निधीलगायतका नेताहरु पनि उनको कार्यशैलीप्रति सन्तुष्ट हुन सकिरहेका छैनन ।
सभापति देउवा निकट उपसभापति बिमलेन्द्र निधीलेसमेत देउवालाई चुनौती दिन लागेका छन ।
आसन्न १४ औं महाधिवेशन पनि देउवा स्वयम सभापतिको उम्मेदवार बन्ने भएपछि असन्तुष्ट मात्र बनेका छैननकी कुनै हालतमा उनलाई सहयोग नगर्ने भन्दै आफैं सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन । यसैगरी केसी पनि सभापति देउवाको कार्यशैलीप्रति बिस्वस्त र सन्तुष्ट बन्न सकिरहेका छैनन । यही संसयका बिच महाधिवेशनको मुद्धामा केन्द्रित भएर संस्थापनपक्ष र इतर पक्षका समुहले सभापति शेरबहादुर देउवाको निरकुंश शैली र बेथितिका बिरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिदै आएका छन ।
यसअघि नै देउबा इतर पौडेल समुहको भर्चुवल बैठक भएको थियो । उक्त समुहको बैठकले सभापति देउवाले समयमा क्रियाशील सदस्यताको काम अगाडि नबढाएको आरोप लगाउँदै केही खास जिल्लामा मात्र क्रियाशील सदस्यताको लागि फाराम पठाएर अरु जिल्लाहरुमा नपठाएको आरोप लगाएका थिए । महाधिवेशनको मिती नजिक आउँदासम्म पनि सवै जिल्लाहरुबाट क्रियाशील सदस्यता बितरणको प्रक्रिया अगाडि बढाउन नसकेको भन्दै सभापति देउवाको आलोचना गरेका थिए । यो कुराले नेपाली काँग्रेसको आगामी महाधिवेशन समयमा हुने बिषयमा आशंका मात्र जन्मिएको छैन कि महाधिवेशन अनिश्चितता पनि बढदै गएको छ । महाधिवेशन गराउने बिषयमा संस्थापन समुह गंभिर नभएको आरोप उनीहरुको रहेको छ ।
महाधिवेशनको मुद्धामा केन्द्रित हुनुपर्ने समयमा सभापति देउवा पार्टीको काममा भन्दा पनि बिभाग गठन गरेर पार्टीलाई बदनाम गराउन लागि परेको भन्दै बिभिन्न फोरमहरुमा उनको बिरोध हुँदै आएको छ । पार्टी बिधान बिपरित र मनोमानी ढंगले हाल भइरहेको बिभाग गठन र आफु निकटका नेता तथा कार्यकर्तालाई मनोनित गरेर महाधिवेशनलाई प्रभावित गर्न खोजेको आरोप पनि सभापति देउवामाथि लाग्दै आएको छ ।
१३ महाधिवेशन सम्पन्न भएको छ महिना भित्रमा गठन गरिसक्नुपर्ने बिभागहरु १४ औं महाधिवेशनको मिति घोषणा पश्चात धमाधम गठन भइरहेका छन । सभापति देउवाबाट बिधान बिपरित भइरहेको यस्ता कार्यलाई तत्काल सच्चाउनका लागि संस्थापन र इतर पक्षबाट आग्रह हुँदै आएको पनि छ । तर यसको कुनै सुनुवाई हुन सकिरहेको छैन । यसका लागि सभापतिलाई एकहप्ताको अल्टिमेटसहितको समयसीमा दिइएको छ । आफुहरुले दिएको समयसीमा भित्र गलत निर्णय सच्चाउन सभापति देउबा तयार नभएको खण्डमा आन्दोलन गर्ने निर्णय उनीहरुले गरेका छन ।
संसदमा प्रमुख प्रतिपक्षदलको भुमिकामा रहेको नेपाली काँग्रेस भित्रको यो बिवाद नौलो भने होइन । हरेक महाधिवेशनमा यस्ता बिषयहरु जल्दोबल्दो रुपमा उठने गरेका छन । यी बिषयहरु संस्थापनइतर समुहले हरेक महाधिवेशन हुनु अगाडि उठाउने गरेका छन । तर संस्थापन पक्षले बेवास्था गर्दै एकलौटी ढंगले अगाडि बढने नेपाली कांग्रेसको परम्परा नै बन्दै आएको छ ।
महाधिवेशनको सुनिश्चिता नहुँदै सभापति पदको लागि एकदर्जन नेताहरुले आ–आफनो उम्मेदवारी घोषणा गर्न भ्याइसकेका छन । सभापतिका आँकाक्षीहरुमा उपसभापति निधी बरिष्ठ नेता रामचन्द्र पौडेल, बर्तमान महामन्त्री शंशाक कोराइराला, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिं, रामशरण महतलगायत रहेका छन ।