लन्डन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणबाट यो हप्ता विभिन्न मुलुकमा थप २१ जना नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँच जना, साउदी अरबमा १४ जना, युएईमा एक जना, युगान्डामा एक जना गरी शनिवार साँझसम्म १७ देशमा रहेका दुई सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार आठ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् ।
ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा।संजीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै नेपालमा मात्र ७१ हजार आठ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा चार सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपाली मध्य सात सय ३२ जनाको निधन भएको छ । यस्तै विश्वभर एक लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।