काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन बारे नीतिगत छलफल भएको छ । पेरिसडाँडामा आज बसेको बैठकले सरकारको काम कारवाहीलाई थप प्रभावकारी बनाउने मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
वैठका मन्त्रिपरिषद पुनर्गठन बारे छलफल भएपनि ठोस खाका बनिनसकेको प्रवक्ता श्रेष्ठ बताएका छन् । अर्को बैठकमा त्यसबारे थप छलफल हुने उनले बताएका छन् ।
अर्को बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने बताइएको छ । आजको बैठकमा मन्त्रिपरिषदको पुनर्गठन, संवैधानिक–राजनीतिक नियुक्ति, संगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध कार्यसूची तय गरिएको थियो ।
विविध अन्तर्गत संगठन विभागका निर्णयका सन्दर्भमा छलफल हुने उनले बताए ।
स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति गर्ने, यसअघि भएको केही कारवाहीका निर्णय बारेमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
त्यसतै केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमितरुपमा आर्थिक सहयोग गर्ने या के गर्ने, संघीय संसदका सदस्यहरुलाई कोभिड १९ को विषयमा बैठक भत्ता के गर्ने लगायतका विषयमा छलफल भएको उनले बताएका छन् ।
आजको वैठकमा एजेण्डामै केन्द्रित भएर छलफल भएपनि स्पष्ट खाका बन्न बाँकी रहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।