काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा बसेको छ । पार्टी एकतापछि नेकपाको सचिवालय बैठक पेरिसडाँडामा पहिलोपटक बसेको हो । कार्यदलले तयार पारेको प्रतिवेदनलाई गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले सर्वसम्मत पारित गरेपछि अध्यक्षद्वय केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले परिमार्जनसहित प्रस्ताव तयार पारी भदौ २९ गते अन्तरपार्टी निर्देशन दिएका थिए ।
सो प्रस्तावमा भएको व्यवस्थाअनुरुप पार्टीको कामलाई व्यवस्थित बनाउन तथा पार्टीको एकताका बाँकी प्रक्रिया टुङ्गोमा पु¥याउन र बैठकमा मन्त्रिमण्डल पुनर्गठन बारे आजको बैठकको एजेन्डा छ । अध्यक्षद्वयको प्रस्तावमा असोज महिनाभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्गो लगाइसक्ने प्रतिवद्धता गरिएको छ ।