काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना सन्देश दिनुभएको छ । प्रधानमन्त्रीले ओलीले आफ्नो आधिकारिक ट्वीट मार्फत मोदीलाई शुभकामना दिनु भएको हो ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजी जन्मदिनको अवसरमा न्यानो शुभकामना साथै सुस्वास्थ र खुशीको कामना गर्नुभएको छ । साथै उहाँले सन्देश मार्फत दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउन निकट रहेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।