काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यअवस्था स्थिर रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले जनाएको छ ।
कोरोना संक्रमित कोइरालालाई श्वासप्रश्वासमा समस्या देखिएपछि आज विहान अस्पताल भर्ना गरिएको थियो । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन् ।
ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको चिकित्सकीय टोलीले उनको उपचार गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठका अनुसार महामन्त्री कोइरालाको उपचार डा. कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट, डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा.प्रमेशसुन्दर श्रेष्ठलगायतका टिम रहेको छ।
महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।