काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) पीडित आक्रमण गर्नेहरुविरुद्ध कडा कानून बनाउन निर्देशन दिनु भएको छ । एसिड आक्रमण अमानवीय र जघन्य अपराध भएकाले दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिनु भएको हो ।
प्रधानमन्त्री ओलीले १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिनु भएको हो ।
प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु¥याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने समेत बताउन् भएको छ ।
१२ जना एसिड पीडितहरू सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले व्यहोर्नु बताउनु भएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले पढ्न चाहने पीडितहरुका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउनु भएको छ । उनीहरुलाई उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध पनि सरकारले मिलाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने पनि बताउनु भएको छ । हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्धको जागरण दिवसका रूपमा मनाइने पनि उहाँले बताउनु भएको छ ।
नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटना भएको र सो घटनामा परी १९ जना पीडितहरू रहेका छन् ।