प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउँन दल भित्रैबाट असहयोग भैराखेको देखिन्छ । प्रधानमन्त्रीका विश्वास पात्रहरुलाई पाखा लगाउँन सकियो भने ओली कमजोर हुन्छन र त्यसको फाईदा उठाउँन पाईन्छ भन्नेमा माधव नेपाल र दाहाल रहेको बुझिन्छ । यसैको उपज हो, अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा जानबाट रोक्नु र खतिवडालाई अर्थमन्त्रीबाट बर्हिगमन गराउँनु । यसैगरी पूर्व संञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सुनियोजित र षड्यन्त्रमुलक ढंगले फसाईनु पनि प्रधानमन्त्रीलाई कमजोर बनाउँने खेल हो भन्न सकिन्छ । तर बाँस्कोटाको असल र नैतिकताको कुरा उहाँको आगामी दिनको व्यवहारले पुष्टि गर्ने नै छ, त्यो विषयको छानविन र अनुसन्धान चलिरहेको छ । सत्यतथ्य बाहिर आउँने नै छ । यस विषयमा धेरै टिका–टिप्पणी गर्नु उचित ठान्दिन् ।
‘समृद्ध मुलुक, सुखी नेपाली’को नारा दिएर नेपाली जनताको जीवनस्तर उकास्दै एउटा समृद्ध मुलुक बनाउँन हिड्नु भएको व्यक्ति हुनुहुन्छ केपी ओली, जसको कारण आज मुलुकले एउटा विकासको मार्गचित्र तय गरेर अगाडी बढिसकेको छ, मुलुकले आर्थिक विकास र समृद्धिको बाटो तय गरिसकेको छ र परिणाम आउन थालिसकेको छ । जस्तै :-
१. नेपालको भारतले अतिक्रमण गरेको भूमी सहितको नक्सा प्रकाशित गरी संविधान संशोधन गर्नु ।
२. पुर्व–पश्चिम राजमार्गलाई ४ लेनमा बिस्तार तिब्र गतिमा भईरहेको छ ।
३. तराईका सदरमुकाम जोड्ने सडक ४ लेनमा बिस्तार भैरहेको छ ।
४. भेरी बबई सिंचाई आयोजनाको सुरुङ सम्पन्न भएको छ ।
५. चीनसँग यातायात र पारवाहन सम्झौता भएको छ ।
६. मध्य पहाडी, मदन भण्डारी लोकमार्ग द्रुत गतिमा निर्माण हुँदैछ ।
८. लोडसेडिङ मुक्त राष्ट्र भएको छ ।
७. सडक बालबालिकामुक्त राष्ट्र ।
९. पूर्व– पश्चिम रेलमार्ग निर्माणाधिन छ ।
१०. पोखरा र गौतम बुद्ध क्षेत्रीय बिमानस्थल आयोजनाहरु प्रधानमन्त्रीकै निगरानीमा द्रुतगतिमा निर्माण हुँदैछन् ।
११. दर्जन बिमानस्थलमा रात्री उडान सुरु गरिएको छ ।
१२. काठमाडौं– तराई फास्ट ट्रयाक द्रुतगतिमा निर्माण भइरहेको छ ।
१३. अबको २ बर्षमा नेपाल बिद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित हुँदैछ ।
१४. चीनसंग जोड्ने ६ वटा नाका निर्माण अघि बढाइएको छ ।
१५. चीन–नेपाल जोड्ने रेल्वेको अध्ययन सम्झौता भएको छ ।
१६. भारत–नेपाल जोड्ने रेल्वेको डिपिआर तयार गर्न भारतसंग सम्झौता भएको छ ।
१७. नागढुंगा–नैबिसे सुरुङमार्ग निमार्ण भईरहेको छ ।
१८. जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारीमा छ ।
१९. विद्युतका ताराहरु भूमिगत गर्ने कार्य शुरु ।
२०. काठमाडौं उपत्यकामा तीन वटा फ्लाइओभर निर्माणको तयारी ।
२१ . काठमाडौं उपत्यकालगायत देशभरका सडकको निर्माण र स्तरोन्नति तीव्र गतिमा ।
२२. सामाजिक सुरक्षा कोष र स्वास्थ्य वीमाको थालनी ।
यी त केही ज्वलन्त उदाहरण हुन । यी र यस्ता धेरै कामहरु भएका छन् । पार्टीको असहयोगबीच पनि यी काम हुनु उपलब्धीपूर्ण रुपमा लिन सकिन्छ । सवैको साथ र सहयोग हुने हो भने पाँच बर्षभित्रमा मुलुकको विकास तीव्र गतिमा हुनेमा कुनै शंका छैन ।
छिमेकी मुलुक भारत र चीन मात्रै होइन अन्य शक्तीशाली राष्ट्र र अन्य सवै राष्ट्रहरुसँग सुमधुर सम्बन्ध कायम गर्न सफल प्रधानमन्त्री हुनुहुन्छ । आज छिमेकी राष्ट्रहरु समान हैसीयतको व्यवहार प्रर्दशन गर्न थालेका छन् । यो नेपाल र नेपालीको लागि गौरवको विषय हो ।
माओवादी पार्टीसँग एकीकरण गरी एउटा बलियो र शक्तीशाली कम्युनिष्ट पार्टी बनाएर दक्षिण एसियामा एउटा उदाहरण प्रस्तुत गर्नु भएको नेता हुनुहुन्छ, केपी ओली । त्यही शक्तीशाली पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै हुनुहुन्छ । यो सानो दिमाग र संकिर्ण सोचको मानिसले गर्न सक्ने बिषय होईन । केपी ओली एउटा दुरदर्शी, फराकिलो र सकारात्मक सोच भएको व्यक्ति हुनुहुन्छ । आज मुलुकले यस्तो राजनेता न हिजो पाएको थियो, न भोली पाउने छ ।