काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
आज बसेको नेकपा सचिवालयको बैठकले नेता गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजाने टुंगो गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिश गरिनेबारे बैठकलाई जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताएका छन् । राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपतिसमक्ष गौतमको नाम सिफरिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी वैठकमा प्रधानमन्त्रीले गराउनु भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
त्यस्तै बैठकमा कार्यदलले तयार गरेको प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने पनि प्रवक्ता श्रेष्ठले बताएका छन् ।