हाल छापा संचार माध्यम देखि बिद्युतीय अनलाइनहरुमा निरन्तर हेडलाइन बन्ने गरेका छन कोरोना संक्रमितको मृत्युको समाचार । कोरोना माहामारीका कारण बिश्व नै रोइरहेको अवस्था छ । यसवाट नेपाल पनि अछुतो रहनसक्ने कुरै भएन । सामाचार माध्यको काम भनेको नागरिकलाई संचारमाध्यमामार्फत सु–सुचित गराउने मुख्य भुमिका र दायित्व हो । तर पनि अहिले बिहानदेखि बेलुकीसम्म कोरोना संक्रमणबाट मृत्य भएकाहरुको समाचारहरु नै बढि प्राथमिकतामा पर्दै आएका छन ।
यस्ता समाचारले समाजमा सकारात्मक भन्दा पनि बढि नकारात्मक असर पारिरहको छ भन्दा फरक नपर्ला । हाल कोरोना संक्रमणका कारण मृत्यु भएको भन्दै दिनभरीमा एउटै शिर्षकका समाचारहरु बढि प्रकाशन गरिएको छ । उदाहरणको रुपमा तल प्रस्तुत गरिएको हेडलाइनको शिर्षकले पनि यो कुरालाई पुष्टि गर्दछ ।
आइतवारको एक बिद्युतिय माध्यम अनलाइनको हेडलाइन समाचार र समाचारका शिर्षकहरु यस्तो रहेको छ ः
१. लुम्विनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु ।
२. भक्तपुरमा होम आइसोलेसनमा संक्रमितको मृत्यु ।
३. धरानमा कोरोना संक्रमणले आमा छोराको मृत्यु ।
४. जंगी अडडा्मा कार्यरत सैनिक जवानले गरे आत्महत्या ।
५. कोरोना संक्रमित रौतहटका पुरुषको बिरगंजमा मृत्यु ।
हो, अहिले कोरोना महामारीले मुलकलाई नराम्ररी असर पारेको छ । यस बिषयमा सवैजना जानकार नै छन । रोग लागेर निको भएका र सामान्य उपचार र स्वास्थ्य सावधानी अपनाउँदा निको भएको समाचारले बढि प्रथमिकता पाएको भए त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दथ्यो । तर अहिले सकारात्मक भन्दा नकारात्मक समाचारहरु बढि प्राथमिकतामा परेको कारणले आम मानिसका भय र डर पैदा गराएको छ ।
यस्ता समाचार आमपाठक बर्गलाई दिनै परेपनि एकमुष्ट रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेपछि दिएको भए राम्रो हुनथ्यो । मिनेट ैपच्छिे र घण्टा घण्टामा जिल्लापिच्छेका मृत्युका समाचार बाहिर आउँदा जनमानसमा निक्कै असर पुगेको बताइएको छ । रोग लाग्नु स्वभाविक हो । यो कहिले लाग्ला आफनो ठाउँमा छ । तर समाचार पढेकै भरमा आम मानिसले समाचार पढेर आत्तिनुपर्ने वातावरण र्सिजना हुन चाहीं पक्कै राम्रो होइन र मानिदैन पनि । रोगले भन्दा पनि शोकले मनुपर्ने वातावरण बनाउनु भएन ।
सरकारले झण्डै चार महिना मुलुकभर लकडाउन गरर्यो । त्यतिवेला पनि सर्वसाधरण जनता रोगले भन्दा भोकले मर्नपर्नेु पर्ने अवस्थामा पुगे । हाल स्थानिय प्रशासन, स्थानिय तहहरुले नगर र गाउँपालिका भित्र महामारीको अवस्था हेरेर निषेधाज्ञा लगाएका छन ।