काठमाडौं । ‘संमृद्ध नेपाल, सुखी नेपाली’ बर्तमान सरकारको नारा हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले हचुवाको भरमा यो नारा अगाडि सारेको थिएन र होइन । गत बुधवार प्रधानमन्त्री ओलीले नेपाल अपडेट यु–ट्युवका संचालक मोहन बस्नेतलाई फोन गरेर उनले प्रस्तुत गरेको एउटा कृषि सम्वन्धी भिडियोप्रति देखाएको चासोले पनि यो कुराको पुष्टि गरेको छ ।
बस्नेतले गुल्मीका युवा दिलिप भण्डारीसँग गरेको बनस्पती र जडिबुटी सम्वन्धी कृषि कर्मका बारेको निक्कै प्रेरणादायक सामाग्रीसहितको भिडियो बनाएर युट्युवमा राखेका थिए ।
यो भिडियोमा प्रधानमन्त्री ओलीको नजर पर्नुका साथै मन समेत छोएको पाइयो । त्यही भएर उनले भिडियो बनाएर प्रसारण गरेका बस्नेतलाई फोन गरेर बधाई दिँदै राम्रो रिपोर्ट बाहिर ल्याएकोमा खुशी व्यक्त गरेभने भण्डारीको कृषिकर्मबारे चासोसमेत व्यक्त गरेका छन् । उनले पत्रकार बस्नेतलाई यस्ता कार्यलाई प्राथमिकता दिएर प्रचारप्रसार गर्न सुझाव पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले युट्युुुव संचालक बस्नेतलाई सिधै फोन गरेर कुराकानी गर्दै जडिबुटी सम्वन्धी खेती र अनुसन्धानमा लागेका भण्डारी र उनीप्रति निक्कै चासो राखेको कुरा बाहिर आयो । साथै प्रधानमन्त्रीले बस्नेतसँग भण्डारीको फोन नम्वर उपलव्ध गराइदिन आग्रहसमेत गरेको पाइयो ।
प्रधानमन्त्री ओलीले घरघडेरी वेचेर कृषिकर्ममा लागेको सुन्दा आफूलाई खुशी लागेको बताएका छन् । उनले युवाहरुले नयाँनयाँ सोचका साथ काम गरे रोजगारीका लागि विदेशिनु नपर्ने पनि बताएका छन् । उनले कृषिबाटै नेपाललाई आत्मनिर्भर र समृद्ध बनाउन सकिने आफूलाई लागेको बताएका छन् ।
देश विकासमा आफ्नो रुची रहेको बताउँदै प्रधानमन्त्री ओलीले भण्डारीेको कर्मप्रति आफू ज्यादै खुशी भएको बताएका छन् । यस्ता कामको प्रोत्साहनमा आफू लागेको बताउँदै प्रधानमन्त्री ओलीेले सवैले प्रोत्साहन गर्नुपर्ने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले देशलाई दश वर्षभित्र समृद्ध बनाउन सकिने पनि बताएका छन् । जमिनलाई वाँझो नराख्नका लागि भूमि बैंकका परिकल्पना गरिएको बताउँदै प्रधानमन्त्री ओलीले युवाहरुलाई कृषिप्रति आकर्षित गर्दै उन्नत जातका पशुपालन, अन्न, फलफूल, जडिवुटी, वनस्पतिलगायतको उत्पादन गर्न सकिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले पत्रकार बस्नेतसँगको कुराकानीमा भनेका छन् “सुव्यवस्थायुक्त समाज, अनुशासित समाज, मेहनती समाज र समृद्धियुक्त समाज भएपछि देश छिट्टै नै धनी हुन सक्छ । प्रकृतिलाई सही ढंगले प्रयोग गरयो भने ।”
भण्डारी १४ बर्ष अगाडि नेपाल आर्मीको छदाछदैंको जागिर छोडेर जडिबुटी खेतीतर्फ आकर्षित हुँदै अग्रसर भएको कुराकानीको भिडियो (३० जुन २०२०) मा सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री ओलीले पत्रकार बस्नेतलाई भने ‘तपाईंले प्रशारित गर्नुभएको भिडियो छ नि, त्यो धेरै राम्रो छ । यस्ता कुराहरुलाई प्रोत्साहित गरिराख्नुपर्छ ।’ कुराकानीको करिब डेढ मिनेटपछि मात्रै बस्नेतले फोन गर्ने प्रधानमन्त्री रहेछन् भन्ने थाहा पाएका थिए । ‘म केपी शर्माओली बोलेँ, प्रधानमन्त्री ।’ भन्ने सुनेपछि आफूलाई सपना हो कि विपना हो जस्तो लागेको पत्रकार बस्नेतले बताएका छन् ।
स्थानीय मिडियामा काम गर्ने पत्रकार बस्नेतले आफ्नै युट्युब च्यानल समेत चलाउँछन् । उक्त च्यानलमा उनले आर्मीको जागिर छाडेर औषधिजन्य खेतिपातीमा लागेका भण्डारीको भिडियो कुराकानी प्रकाशित गरेका थिए ।
प्रधानमन्त्रीको फोनले आफूलाई कामका लागि अझै हौसला मिलेको पत्रकार बस्नेतले बताएका छन् ।
प्रधानमन्त्रीको फोन आएको थाहा पाएपछि जिल्ला पत्रकार महासंघ, नेता, संघसंस्था र व्यक्तिहरुले पनि फोन गरेर बधाई दिएको र आफूलाई थप हौसला मिलेको पत्रकार बस्नेतले बताएका छन् ।
भण्डारीले छ वटा जति घडेरी बेचेर करिव एक करोड लगानीमा जडिबुटी खेती शुरु गरेको बताएका छन् । भण्डारीले अबको केही वर्षपछि आफुले घरमा बसेरै बार्षिक १ अर्व भन्दा बढीको आम्दानी बनस्पती र जडिबुटीबाट लिन सक्ने योजना समेत प्रस्तुत गरेका छन् । यो बिषयले प्रधानमन्त्री ओलीको मन छोएको रहेछ । यही कारण प्रधामन्त्रीले चासो लिएर बस्नेतलाई फोन गरेर भण्डारीको कृषि कर्मप्रति स्यालुट गर्दै उनलाई प्रोत्साहित गर्न खोजेकोे पाइएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल कृषि र जडिबुटीमा अत्यन्तै संभावना बोकेको मुलुक भएको र यो देखेर नै हरेक नेपालीका माझ भण्डारीको जस्तै कर्म गर्न र सपना देख्न भनिरहेका छन् ।
त्यस्तै फलफूल, जुडिवुटी खेती गर्दै आएका भण्डारीले पनि आफ्नो कर्मबारे प्रधानमन्त्रीले चासो व्यक्त गरेकोमा खुशी व्यक्त गरेको एक स्थानीय युवाले बताएका छन् । प्रधानमन्त्रीको चासोले आफूलाई थप हौसला मिलेको भण्डारीले बताएका छन् भने अन्य युवाहरु पनि उनको पेशाप्रति आकर्षिक भएको पाइएको छ ।
प्रधानमन्त्री ओलीको कुरालाई उडाउनेहरुलाई भण्डारी अहिले गतिला उदाहरण बनेका छन् । उनले गरेको काम र कर्मले पनि प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई केहीहदसम्म पुष्टि गरेर देखाइदिएको छ ।
प्रधानमन्त्री ओली ०७२ सालमा पहिलोपल्ट मुलुकको प्रधानमन्त्री हुँदा नेपाललाई छिमेकी मुलुक भारतले आर्थिक नाकाबन्दी गरेको अवस्था थियो । नाकाबन्दीको बिषयलाई लिएर मुलुकका पुर्व प्रधानमन्त्री राजनीतिक दलका नेताहरु र बिपक्षी दलसमेत मौन थियो । भारतका बिरुद्ध कोही पनि खुल्ला रुपमा बोल्न सकिरहेका थिएनन । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले नाकाबन्दीको दृढतापूर्वक सामना गर्दै नाकाबन्दी नहटेसम्म छिमेकी मुलुक भारतको भ्रमण नगर्ने अडान लिए ।
प्रधानमन्त्री ओलीले लिएको अडानलाई भारतले पनि सकारात्मक रुपमा लिएर आर्थिक नाकाबन्दी खोल्यो र हटायो । प्रधानमन्त्री ओलीले त्यतिबेलै मुलुकलाई आत्मनिर्भर बनाउनतर्फ विभिन्न काम गर्दै आएका छन् ।
उनले पहिलो पटक प्रधानमन्त्री बन्दा नै नेपालमा रेल र पानी जहाजको सपना देखाए । उनले अगाडि सारेको यो योजनालाई बिपक्षीहरुले कागजको डुंगा बनाएर उडाउने काम गरे । तर अहिले रेल चलाउनको लागि बिभिन्न स्थानहरुमा धमाधम ट्रयाक बनाउने काम चलिरहेको छ र यही महिना भित्र दुइवटा रेल पनि नेपाल भित्रदैछन् । यसैगरी रेलको ट्रयाक बनाउनको लागि ठेक्का लाग्ने क्रम धमाधम चलिरहेको छ ।
प्रधानमन्त्री ओली समृद्ध नेपाल बनाउनका लागि भित्रभित्रै गहन अध्ययन चासोका साथ काम गरिहेको र चिन्तित रहेछन भन्ने कुरा बुधवार गरेको टेलिफोन संवादले पनि देखाएको छ । तर आफ्नै पार्टी भित्रको असहयोग र आन्तरिक बैमन्स्यताका कारण उनले साचेजति काम अगाडि बढाउन पाएका छैनन् ।