काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २२ निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आज दिएको जानकारी अनुसार उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमति पत्र ९नो अब्जेक्सन सर्टिफिकेट० जारी गर्ने कार्यलाई पुनः निरन्तरता दिने निर्णय पनि गरेको छ ।
त्यस्तै लोक सेवा आयोगबाट सिफारिस भएका डा. रश्मि शर्मा, डा वर्षा थापा र लिली श्रेष्ठलाई नेपाल स्वास्थ्य सेवाको एघारौं तहको पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै महान्यायधिवक्ताको कार्यालयमा कार्यरत् उपसचिव ज्ञानप्रसाद भुसाललाई न्याय सेवातर्फ सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गरेको छ। उनलाई उच्चसरकारी वकिलको कार्यालय, धनकुटामा पदस्थापन गर्ने निर्णय समेत गरेको छ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सको (सातौं संशोधन) विधान, २०७७ स्वीकृत गर्ने पनि मन्त्रिपरिषद्ले गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः