काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका अङ्गरक्षक (पीएसओ) सहित ९ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार, उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले बताएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालसहित अन्य सबैको रिपोर्ट नेगेटिभ आएको गौतमले जानकारी दिएका छन् । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टिभए लगत्तै उनीहरुलाई आइसोलेसनमा लगिएको बताइएको छ ।
गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।