काठमाडौं । नेकपाका अध्यक्ष एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बुधवार एक टेलिभिजनमा अन्तरवार्ता दिदै भनेका थिए ‘अवको पाँच दिनभित्र नेकपाभित्र चलिरहेको अन्तरसंर्घषको अन्त्य भएको देख्नुहुनेछ ।’ उनले नेपाली जनतालाई अन्तरवार्तामार्फत यसरी आश्वस्थ पारेपछि सञ्चारमाध्यदेखि सर्वसाधरण समेत काउनडाउन शुरु गरेका थिए । बिगत पाँच महिनादेखिको पार्टी भित्रको बिवाद पाँच दिन भित्रै कसरी हल होला भनेर धेरैले जिज्ञासा प्रकट गरेका थिए । तर प्रधानमन्त्री ओलीले भने झै भोलिपल्ट अर्थात गत बिहिवारबाट परिणाम देखिन शुरु भएको छ ।
१० असारबाट शुरु भएको नेकपा स्थायी समितिको बैठकले ठोस निर्णय गर्न नसकेर अहिले बैठक स्थगित मात्र होइन अलपत्र अवस्थामा छ । स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने बिषय उठाएपछि नेकपा भित्रको अन्तर बिरोध चुलिएर सतहमा आयो । यो बिवादले मुलुकको राजनीतिक समिकरण बदलिएर राजनीतिक उपलव्धी धरापमा पर्न हो कि भन्ने आभास सर्वत्र भयो ।
यस बिचमा कुनै पनि हालतमा नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेका नेकपाको पार्टी एकीकरण भत्कनु हुदैन भनेर नेता, कार्यकर्ता, शुभचिन्तक, सांसद र मन्त्रीहरुबाटसमेत चिन्ता प्रकट गर्दै अध्यक्षद्धयलाई दवाव दिने कामहरु तिव्ररुपमा भए । यसपछि प्रधानमन्त्री ओली र पुष्पकमल दाहालको बिचमा पटक–पटक वार्ता, छलफल र संवादहरु पनि चलिरहे । तर बार्ताहरु सफल भएन र परिणाम बाहिर आउन सकेनन । दुई अध्यक्षका बिचको वार्ता सकारात्मक दिशातिर भन्दा पनि नकारात्मक तर्फ अगाडि बढिरहयो । उचित निकास निस्कन नसकेर परिणाम बाहिर आउन नसकेपछि पार्टी फुटको संघारमा पुगेको अड्कल काटिरहेका बेला अवस्था बेरबदल आएको छ ।
टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले स–गौरवका साथ भनेका थिए ‘अबको पाँच दिनभित्रै हेर्नुस, भोलिदेखि १, २, ३, ४, र ५ गन्नुस, अनि प्रश्न सोध्न आउनुहोला । पार्टीभित्रको सिनारियो परिवर्तन भएको पाउनु हुनेछ ।’ नभन्दै गएको बिहिवार नै अध्यक्षद्धयका बिच भेटवार्ता भयो । करिव ९ दिन लामो प्रत्यक्ष भेट र संवादहिनता तोडेर दुई अध्यक्षका बिच भेटवार्ता भयो । अनि साउनमा चुलिएको विवादको कृत्रिम चुलीमा ‘आइसब्रेक’ नै भइहाल्यो ।
गत शुक्रवार अर्थात साउन ३० मा दुई अध्यक्षद्वारा महासचिव बिष्णु पौडेल संयोजक रहने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा स्थायी समिति सदस्यहरु शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य छन । यो कार्यदल गठन गर्न अध्यक्षद्धय सहमत भएसँगै नेकपाको धेरै बिवाद हल भएको अनुमान लगाउन सकिन्छ । दुई अधयक्षका बिच भएको सहमति घोषणा भएर ठोस समझदारी निर्माणको आन्तरिक प्रयासलाई तीब्र पारिएको छ ।
यसैगरी सीमा बिवादका कारण बिगत चार महिनादेखि छिमेकी मुलुक भारतसँग कुनै संवाद हुन सकिरहेको थिएन । अहिले दुई मुलुकका बिचमा हुन नसकिरहेको संवाद शुरु भएको छ । शनिवार भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीका बिच टेलिफोन संवाद भएको छ । भारतीय समकक्षीका बीचको अगस्ट १५ को संवादले चार महिना अघिको संवादको कडीलाई जोडेर नयाँ सिलसिला शुरू गरेको छ । यो दुवै देशका लागि सुखद समाचार पनि हो ।
त्यस्तै भाद्र १ अर्थात सोमवारका दिन नेकपाको सचिवालय बैठक बसेको छ । सो बैठकले लामो समयदेखि नेकपाभित्र रहेको बिवादको अन्त्य भएको संकेत दिएको छ । सचिवालय बैठकमा धेरै कुराको हल गर्दै बाँकी रहेका असन्तुष्टिहरुसमेतलाई अन्त्य गरेर कार्यदल गठनको प्रक्रियालाई अनुमोदन गरिसकेको छ । अब नेकपाको बिवाद पुरै हल भएर परिणाम सकारात्मक दिशातर्फ अगाडि आउन लागेको बुझन सकिन्छ । साथै कार्यदलले छिट्टै आफ्नो राय सुझावसहितको प्रतिवेदन बुझाउने र त्यसकै आधारमा बँचे खुँचेका बिवाद समाधान हुने भएका छन् ।