काठमाडौं । ‘जो आशलाग्दो उही जेठाजु परेपछि…..’ भन्ने उखान नेपाली काँग्रेसका बर्तमान सभापति शेरबहादर देउवामाथि आइलागेकोे छ । नेपाली काँग्रेसको १४ महाधिबेशनको मिति जति नजिकिदै छ त्यति नै सभापतिहरुको आकांक्षीका उम्मेदवारहरु पनि बढ्दै जान थालेका छन् ।
पार्टी सभापति देउवाका एकदमै निकट र बिश्वासिला पात्र मानिएका नेता तथा बर्तमान उपसभापति बिमलेन्द्र निधीले आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा जाहेर गरेपछि देउवा अहिले निक्कै अफ्ठ्यारोमा परेका छन् । अहिले देउवा र उनको समुहका दाहिने हात र हस्तीसमेत मानिएका निधीले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारी गरेको त्यसका लागि सभापति देउवासँग सहयोग मागेपछि उनी निक्कै अफ्ठ्यारोमा परेका हुन । १४ महासधिबेशनमा पनि आफु सभापतिको उम्मेदवार बन्ने घोषणा देउवाले यसअघि नै गरिसकेका छन् ।
गत बिहीवार निधीले देउवासमक्ष १४ औं महाधिवेशनमा आफु सभापतिको उम्मेदवार बन्न लागेको र सहयोग गर्नुपर्यो भन्दै सभापति देउवासामु प्रस्ताव लिएर गएपछि देउवा रनभुल्लमा परेका छन् । १३ महाधिवेशमा देउवा सभापति बन्नुमा निधीको ठुलै सहयोग थियो । ‘१३ औं महाधिवेशनमा मैले तपाईलाई सभापतिमा जिताउन सहयोग गरें अहिले यो गुण मलाई तपाईंले तिनुपर्छ’ भन्ने निधीको प्रस्ताव कारण देउवासमुहमा ८ रेक्टर स्केलको भूकम्प नै गएको छ ।
देउवा स्वयम् फेरि सभापति बन्ने तयारीमा छन् । त्यसको पूर्व तयारी स्वरुप उनले महाधिवेशनको मिती घोषणा भइसकेको अवस्थामा धमाधम विभाग गठन गर्दै आफु निकटका नेताहरुलाई धमाधम मनोनित गरिरहेका छन् । देउवाको यो क्रियाकलापको पार्टी भित्रबाटै निकै आलोचना र बिरोध भइरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेतादेखि युवा नेता तथा जिल्ला सभापतिहरुले विभाग गठनप्रति असन्तुष्टि जनाउँदै तत्काल खारेज गर्न माग गरेका छन् । तर देउवाले उनीहरुको मागलाई वेवास्ता गरिरहेका छन ।
महाधिवेशन सम्पन्न भएको छ महिना भित्र बिभागहरु गठन गरीसक्नुपर्ने पार्टीको बिधानमा उल्लेख छ । तर देउवाले आफ्नो चारवर्षको कार्यकाल अर्थात आफु बैधानिक सभापति रहंदा बिभागहरु गठन गर्न सकेनन् । महाधिवेशन प्रक्रिया शुरु भइसकेपछिको अवस्थामा विभागहरु ग्ठन गर्न नहुने भन्दै पौडेलले आफ्ना समर्थकहरुको नाम सिफारिस गरेनन् । तर देउवाले आफ्ना निकटस्थहरुलाई मनोनित गर्दै धमाधम बिभाग गठन गरेपछि अवैधानिक भएको भन्दै बरिष्ठ नेता पौडेल समूहले चर्को रुपमा बिरोध जनाउँदै आएको छ ।
नेपाली काँग्रेसको पार्टी बिधानअनुसार सभापतिलाई एकवर्ष कार्यकाल थप्नसक्ने अधिकार दिएको छ । त्यही अधिकार प्रयोग गरी सभापति देउवाले गत फागुनमा सकिएको कार्यकाललाई एकवर्ष थप गर्ने निर्णय केन्द्रिय समितिबाट गराएका थिए । यसकारण पनि आगामी फागुन महिनाभित्र जुनसुकै हालतमा १४ महाधिबेशन सम्पन्न गर्नैपर्ने बाध्यकारी स्थिति सभापति देउवासमक्ष आइलागेको छ । महाधिबेशन सम्पन्न गर्नको लागि आगामी फागुन ७–११ को मिति यसअघि तय भइसकेको छ । महाधिबेशनको मिति नजिकिदै त्यति नै सभापतिका आकांक्षीहरु पनि बढन थालेका हुन । सभापतिका आकांक्षीहरुमा देउवा, पौडेल, शशांक कोइराला, कृष्ण सिटौला, शखेर कोइराला, प्रकाश सिंहदेखि गगन थापाले समेत छन् । तर कोरोना महामारीलाई कारण देखाएर महाधिवेशन सर्ने सम्भावना पनि त्यतिकै देखिन्छ ।
निधीको योजना
सभापतिका आकांक्षी निधीले आफु सभापति पदमा निर्वाचित भएको खण्डमा नेकपालाई साइजमा ल्याउने र नेपाली काँग्रेसलाई चुनावबाट बहुमतमा पुर्याएर देखाइदिने देउवा समक्ष प्रस्तावसमेत राखेका छन् । निधीको प्रस्तावलाई देउवाले ठाडै अस्वीकार गरिदिएको बुझिएको छ । उनले निधीलाई यस पटक आफूलाई सहयोग गर्न आग्रह गर्दै १५ औं महाधिवेशनमा सभापतिका लागि सहयोग गर्ने आश्वासन दिएको बुझिएको छ । यसैगरी निधीले यो प्रस्ताव बरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष पनि राखेका छन् । तर पौडेलले निधीको प्रस्तावप्रति कुनै जवाफ दिएका छैनन ।
बरिष्ठ नेता पौडेल स्वंयम आसन्न १४ औं महाधिबेशनका लागि सभापतिका आकांक्षी हुन । १३ औं महाधिबेशनमा सभापति देउवासँग उनी पराजित भएका थिए । थपिएको कार्यकालसमेत गरी सभापति देउवाको पाँचवर्षमा काँग्रेसको सांगठिन धरातल झन कमजोर भएकोे र मुलुकमा कम्युनिष्टहरुको दवदवा बढेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ ।
दुईतिहाई कम्युनिष्ट सरकारको अगाडि संसदमा प्रतिपक्ष दलको नेता र पार्टी सभापतिको भुमिकामा रहंदा समेत देउवाले उत्कृष्ट परफमेन्स देखाउन नसकेको र नेकपा सरकारसामु घुँडा टेकेको आरोप देउवामाथि लाग्दै आएको छ ।
सभापतिको उम्मेदवार बन्न खोजेका निधीले आसन्न महाधिबेशन मार्फत आफुले नेपाली काँग्रेसको नेतृत्व लिन पाएको खण्डमा पार्टीलाई बहुमतसहित सरकारमा पुर्याउने र कम्युनिष्ट राजको अन्त्य गरेर देखाइदिनेसम्मको प्रस्ताव नेताहरुमाझ राख्न भ्याइसकेको जानकार श्रोत बताउँछ । तर गएको प्रतिनिधि सभाको निर्वाचनमा निधी स्वयम् धनुषाबाट राजेन्द्र महतोसँग नराम्ररी पराजित भएका थिए ।