काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक भोलि विहान बस्ने भएको छ । पार्टीभित्रको विवाद समाधानको लागि गठन भएको कार्यदल अनुमोदन गराउन सचिवालय बैठक बस्न लागेको बताइएको छ ।
‘भोली बिहान ९ः३० बजे सचिवालय बैठक बस्ने बताइएको छ ।
नेकपाभित्र विवाद मिलाउन शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल छन् ।
पार्टी कमिटीमा छलफल नगरी कार्यादल बनेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकृुमार नेपाल र नारायणकाी श्रेष्ठले असन्तुष्टि जनाएपछि सचिवालयको वैठक बस्न लागेको बुझिएको छ । शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर उनीहरुले असन्तुष्टि जनाएका थिए ।