काठमाडौं । नेकपालाई बिभाजन गराएर रमाउन खोज्नेहरुको सपना साकार नहुने भएको छ । मुलुकमा अहिले जसरी र जुनसुकै हालतमा पनि नेकपालाई बिभाजन गराउने र मुलुकमा राजनीतिक स्थिरता हुन नदिने खेलहरु चलिरहेका छन् । यी सवै षडयन्त्रहरुलाई सफल हुन नदिन नेकपाका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माले लिएको चट्टानी अडानले बिस्तारै काम गर्न शुरु गरेको र परिणाम बाहिर आउन लागेको छनक मिल्दैछ ।
१० असारमा शुरु नेकपा स्थायी समितिको बैठक पार्टीभित्रको बिवादलाई हल गर्नको लागि कुनै ठोस गर्न नसकेर अलमलमा परेपछि अहिलेसम्म स्थगित छ । नेकपालाई जुनसुकै हालमा बिभाजन गर्नकै लागि योजनाबद्ध रुपमा नेतृत्वलाई जर्वजस्त बाध्य पार्ने यो बैठक सर्वाधिक बिवादित बन्न पुगेको छ । बैठकमा मुलुकलाई कोरोना संकटबाट पार लगाउन सरकारलाई सहयोग गर्ने र नयाँ उपाय निकाल्न तिर अभिप्ररित गर्ने भन्दा पनि बर्तमान सरकारलाई अपदस्थ गरेर नेतृत्व हत्याउने र मुलुकमा राजनीतिक संकट निम्ताउने खेल भएपछि प्रधानमन्त्री झस्एिका थिए ।
त्यसपछि नेकपालाई बिभाजन गर्नेहरुका बिरुद्ध प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठकलाई निरन्तरता दिनुको सटट बिवादित बिषयलाई बार्ताको माध्यमबाट हल खोज्ने र नेकपालाई फुटबाट जोगाउने उपाय सुझाइरहेका छन । स्थायी समितिको बैठकमा सरकारको रचानात्मक आलोचना भन्दा पनि प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट बहुमतको आडमा हटाउने एजेण्डा अगाडि सारिएपछि नेकपामा नयाँ बिवाद थपिनुका साथै बिवाद सतहमा आएको थियो ।
बैठकमा सोझै पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामाको माग हुनासाथ प्रधानमन्त्री ओलीले खुट्टा कमाएर राजीनामा दिएको भए अहिले मुलुकको राजनीति हालत कुन अवस्थामा पुग्दथ्यो कल्पना गर्न पनि सकिन्न । नेपाललाई अस्थिरतामा राखिरहने र पाँच बर्षको लागि जनअनुमोदित नेकपामा बिभाजन नल्याएसम्म त्यो संभव नहुने निष्कर्श निकालेर नै योजनाबद्ध रुपमा यो खेल खेलिएको थियो । यो कुरालाई प्रधानमन्त्रीले राम्ररी बुझेकैले बिचमा कुनै दुर्घटना हुन पाएन ।
प्रधानमन्त्रीलाई पार्टीभित्रबाट असहयोग गर्नेहरुको बिगत र हैसियत यो बिचमा छाम्ने काम मज्जाले भयो । नेकपाका कार्यकारी अध्यक्षको हैसियतमा रहेका पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक अडान, हैसियत र बिगतबारे राम्रो बुझेका प्रधानमन्त्री ओलीले उनले के–के गर्दा रहेछन् भनेर नाडीसमेत छाप्न भ्याए । मच्चियो, मच्चियो अनि थच्चियो भने झै स्थायी समिति बैठकमा बुमतको धाक देखाएर ओलीलाई गलाउने उनीहरुको योजना तुहिएको छ । महाधिबेशनमा गएर सवै समस्याको हल निकाल्ने गरी प्रधानमन्त्रीले निकास दिने गरी योजना अगाडि बढाएका छन । यसैमा नै नेकपाको हित छ र पार्टीे बिभाजनको फुटबाट जोगिने छ ।
मुलुक गएको बर्ष चैत्रदेखि नै कोरोना माहामारीको कहरबाट गुज्रिरहेको छ । सरकार रोग नियन्त्रण र रोकथामको लागि निरन्तर लागिरहेको छ । संक्रमणका आर्थिक गतिबिधिहरु राम्ररी सुचारु हुन सकिरहेका छैनन् । नयाँ कुनै किसिमको काम कारवाही अगाडि बढाउन सकिने अवस्था छैन । यस्तो गंम्भिर परिस्थितिका माझ पनि सरकारले जनतालाई बचाउनका खातिर गर्र्नुपर्ने र अवलम्वन गर्नुपर्ने सवै किसिमका नीति र उपायहरु लगाइरहेको छ ।
बिचम एक्कासी नेकपा भित्रको अर्को असन्तुष्ट समुहले दिएको धम्कीलाई सरासर मानेको भए आज सिङ्गो नेकपा रहने स्थिति नै थिएन । यसमा प्रधानमन्त्रीको धैर्यताले धेरै काम गरिरहेको छ । अर्को समुहले पार्टी बिभाजन पछि बन्ने सरकारको खाका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु र पार्टी नेतृत्वको लागि अध्यक्षसम्मको पद बाँडफाँट गरेको कुरा सार्वजनिक भइसेकेको छ ।
यस्तो अवस्थाका बीच प्रधानमन्त्री गंम्भिर भएर सोच–बिचार गरिकन नेकपा भित्रको आन्तरिक बिवादलाई पाँच दिनभित्र समाधान गरेर समस्या सामाधान गर्ने बिषयमा दृढ देखिएका छन् । यो कुराको खुलासा उनले बुधवार एक टेलिभिजनलाई दिएको अन्तरवार्ता मार्फत नेपाली जनतामाझ जानकारी गराएका छन् ।
आज अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको आज भएको भेटवार्ता सकारात्मक भएको बताइएको छ । यसले पनि प्रधानमन्त्री ओलीले भनेझै पाँच दिनभित्र पार्टीभित्रको समस्या समाधान हुन सक्ने देखिन्छ ।