काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको उनले बताएका छन्।
आज ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हार ८ सय ३७ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ जनाको पुगेको छ ।



















