पुष्पकमल दाहाल प्रचण्ड पहिलोपल्ट मुलुकको प्रधानमन्त्री बनेपछि उत्तरी छिमेकी मुलुक चीनबाट बिदेश भ्रमण शुरु गरेका थिए । भ्रमण सकेर नेपालको एयरपोर्टमा उत्रने बित्तिक्कै उनले ‘मेरो पहिलो राजकीय भ्रमण दक्षिणी छिमेकी मुलुक भारतबाटै हुन्छ’ भनेर सार्वजनिक रुपमा नै अभिव्यक्ति दिए । एउटा छिमेकी मुलुकको यात्रा सकेर नेपालमा पाइटा टेक्ने बित्तिकै उनलाई त्यस्तो अभिव्यक्ति सार्वजनिक गर्न कस्ले र किन बाध्य बनायो । त्यस्तै केही हप्ताअघि नेकपा सचिवालय वैठकमा मंसिर महाधिवेशन गर्ने सहमति भएको थियो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले सितल निवास पुगेर त्यही जानकारी गराएका थिए । तर सितल निवासबाट निस्कने वित्तिकै बाटैबाट फोन गरेर सचिवालय मार्फत केही सहमति भएको छैन भनेर लेख्न लगाए । सहमति भएको केही क्षणमै उनले किन बोलि फेरे, कसको इशारा या दवावमा ? रहस्यको गाँठो बिस्तारै फुक्दै जाला ।
यसैगरी उनै प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएको बखत प्रधानसेनापति रुकमागंत कटवाल प्रकरण भयो । त्यसमा पनि उनले भारतसँग सल्लाह नगरी हतारमा हटाएर गल्ती गरेको भन्दै पश्चाताप मानेको बिषय बाहिर आयो । प्रधानसेनापति कटवाल प्रकरण कै कारण उनको प्रधानमन्त्री पद गुमेपछि प्रचण्डले यो बिषयमा मुख खोलेर यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन ।
एउटा छिमेकी मुलुकको यात्रा सकेर नेपालमा पाइटा टेक्ने बित्तिकै उनलाई त्यस्तो अभिव्यक्ति सार्वजनिक गर्न कस्ले र किन बाध्य बनायो । त्यस्तै केही हप्ताअघि नेकपा सचिवालय वैठकमा मंसिर महाधिवेशन गर्ने सहमति भएको थियो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले सितल निवास पुगेर त्यही जानकारी गराएका थिए । तर सितल निवासबाट निस्कने वित्तिकै बाटैबाट फोन गरेर सचिवालय मार्फत केही सहमति भएको छैन भनेर लेख्न लगाए । सहमति भएको केही क्षणमै उनले किन बोलि फेरे, कसको इशारा या दवावमा ? रहस्यको गाँठो बिस्तारै फुक्दै जाला ।
यस्तै १० असारबाट नेकपा स्थायी समितिको बैठक शुरु हुनु अगावै भारतीय दुतावासका कर्मचारी र नेकपाका केही नेताहरुको अस्वभाविक रुपमा दौडधुप चलेको कुरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर ल्याइदिए । प्रधानमन्त्री ओलील नै यो बिषय सार्वजनिक गरिदिएपछि प्रचण्ड समुहमा ५ रेक्टर स्केलको भुकम्प गयो । त्यसपछि शुरु भएको स्थायी समितिको बैठकमा अरु एजेण्डामा भन्दा पनि प्रधानमन्त्री र पार्टी अध्यक्षबाट जसरी पनि ओलीलाई हटाउने गरी छलफल र बहस चलाइयो ।
विश्व नै अहिले कोरोना महामारीका कारण रोइरहेको छ । नेपाल पनि यसको कहरबाट मुक्त छैन । सम्पूर्ण नेपाली जनता महामारीका साथै बाढी पहिरोका कारण नराम्ररी पीडित बनेका छन्, भविष्य के होला भन्नेमा चिन्तित छन् । मुलुक यस्तो गम्भिर परिस्थितिका माझ अगाडि बढिरहेको छ । यस्तो बिषम परिस्थितिमा सवै राजनीतिक दलले प्रधानमन्त्री ओलीलाई आवश्यक सहयोग हुनुपर्दथ्यो । तर प्रधानमन्त्री ओलीकै दल नेकपा भित्रबाट अहिले असयोग मात्र होइन राजीनामा माग्ने काम भइरहेको छ । कस्को इसारामा यी काम भइरहेको छ भन्ने बिषयमा बहस चलाउन ढिला भइसकेको छ ।
स्थायी समितिको बैठक अगावै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग हुनसक्ने बिषयलाई बुझेर नै भारततिर इसारा÷संकेत गरेका थिए । त्यसपछि ‘चोरका खुट्टा काट भन्दा हतारमा चोरले खुट्टा झिके झै’ प्रचण्ड भने ‘प्रधानमन्त्रीको राजीनामा भारतले होइन, मैले मागेको हो ।’ माथि उल्लेखित बिषयबाट धेरै कुरा प्रष्ट हुन्छ नेकपाभित्रको अहिलेको बिवाद ।
प्रधानमन्त्री ओली नेतृत्वमा बनेको सरकारलाई असफल पार्न भारतले अघोषितरुपमा आर्थिक नाकाबन्दी गरर्यो । त्यो समयमा प्रधानमन्त्री ओली र नेपाली जनताले भारतीय आर्थिक नाकाबन्दीको दृढतापुर्वक सामना गरे । आर्थिक नाकाबन्दी बिरुद्ध प्रधानमन्त्री ओली पुरै जमेरै लागे र प्रतिवाद गरिरहे । उनी कुनै पनि समय भारतसँग नझुकिकन नाकाबन्दी खुलाउन लागि परे । उनले राष्ट्रियता के हो र मुलुकमा बिदेशी हस्तेक्षेप बढदा सरकार प्रमुखले खेल्नुपर्ने भुमिका नेपाली जनतामाझ प्रष्ट रुपमा प्रदर्शन गरे ।
बर्षौदेखि मुलुकमा अस्थिर राजनीति चलिरहेको थियो । कुनै पनि सरकारले पाँचबर्षे कार्यकाल पूरा गर्न पाएका थिएनन् । आफ्नै दल वा छिमेकी भारतका नेपालमा कहिल्यै पनि राजनीतिक स्थिरता हुन सकेन । जननिर्वाचित कुनै पनि सरकार पूरा कार्यकाल चल्न नसकेर मुलुकमा राजनीतिक अस्थिरता चलिरहयो । छिमेकीमुलक भारतले कतिसम्म गरर्यो भने नेपालका राजनीतिक दलले भारतीय सुझावबिना ०७२ सालमा संबिधान जारी गर्दा आर्थिक नाकाबन्दी झेल्नुपर्यो ।
प्रधानमन्त्री ओली नेतृत्वमा बनेको सरकारलाई असफल पार्न भारतले अघोषितरुपमा आर्थिक नाकाबन्दी गरर्यो । त्यो समयमा प्रधानमन्त्री ओली र नेपाली जनताले भारतीय आर्थिक नाकाबन्दीको दृढतापुर्वक सामना गरे । आर्थिक नाकाबन्दी बिरुद्ध प्रधानमन्त्री ओली पुरै जमेरै लागे र प्रतिवाद गरिरहे । उनी कुनै पनि समय भारतसँग नझुकिकन नाकाबन्दी खुलाउन लागि परे । उनले राष्ट्रियता के हो र मुलुकमा बिदेशी हस्तेक्षेप बढदा सरकार प्रमुखले खेल्नुपर्ने भुमिका नेपाली जनतामाझ प्रष्ट रुपमा प्रदर्शन गरे ।
नेपाली जनतालाई यो वा त्यो मानेमा बिदेशी हस्तक्षेप कुनै मानेमा सह्य छैन भनेर प्रधानमन्त्री ओलीले देखाइदिए । परेको बेला मुलुकका लागि के सम्म गर्नुपर्छ भन्ने कुराको पाठ राजनीतिक दल, तिनका नेता र नेपाली जनतालाई प्रधानमन्त्री ओली देखाउन सफल भए । त्यपछि नेपाली जनताले प्रधानमन्त्री ओलीको जयजयकार मनाए र मनाउँदै आएका पनि छन् ।
प्रधानमन्त्री ओली त्यसै सत्तामा गएका र पुगेका होइनन । उनलाई पुर्याएको पनि होइन । नेपाली जनताले मतादेश दिएर नै सत्तामा पुर्याएका हुन । त्यो पनि साधरण मतका साथ होइन, दुईतिहाईका साथ र पाँचबर्षका लागि । यो कुरा नेकपा भित्रको प्रतिपक्ष समुहले समयमा बुझ्न जरुरी छ ।