काठमाडौं । मुलुकमा कोरोना महामारीको कहर झन तिब्ररुपमा बढिरहेको छ । यसै बखत र मौका छोपेर नेकपाका १ सय ५० जना केन्द्रिय सदस्यहरुले लिखित रुपमा केन्द्रिय समितिको बैठक बोलाउन पार्टी नेतृत्वसँग केही समय अगाडि बाटै माग गर्दै आएका छन । उनीहरुको मागको बिषयलाई लिएर नेकपा अध्यक्ष एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि ब्यक्त गरेका छन ।
गत सोमवार अर्थात साउन १९ गते स्वास्थ्य बिज्ञहरुसँगको छलफल कार्यक्रममा प्रधानमन्त्रीले आफनो असन्तुष्टि सार्वजनिक गरेका हुन । अहिले मुलकमा बाढी, पहिरोको त्रास निक्कै बढेको छ । यहीकारण सयौं नागरिक घरवारबिहिन भएका छन । बाढी पहिरोको कारण सयौं नागरिकले ज्यानसमेत गुमाएका छन ।
साउन लागे सँगै कोरोनाको महामारी पनि थामी नसक्नु गरी बढिरहेको छ । यही बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले कोरोना संक्रमण महामारीलाई नियन्त्रण र रोगथामका बिषयमा कसरी अगाडि बढने र नियन्त्रणको लागि के के उपाय हुनसक्छन भन्ने बिषयमा स्वास्थ्यसँग सम्वन्धित बिज्ञहरुसँग छलफल गरेका हुन ।
स्वास्थ्य बिज्ञहरुसँगको छलफल तथा बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनलाई निरन्तरता दिएर मात्र संक्रमण नियन्त्रणमा आउन नसक्ने र त्यसका लागि जनस्वास्थ्य सम्वन्धी मापदण्डलाई सवै नागरिकले जिम्मेवार भएर पुरा गर्नुपर्ने धारणा राखेका थिए । सर्वसाधरण नागरिकले यो नियमको पालना गरेको भएपनि आफनै दल नेकपाबाट नै यो नियमको उल्लघंन गर्ने काम भइरहेको खुलासा गरिदिएका छन ।
सो बैठकमा प्रधानमन्त्री ओलीले भने अहिले नेकपामा केही असन्तुष्टिहरु छन । त्यसलाई सचिवालय बैठकबाट हल गर्न सकिन्छ । तर साथीहरु त्यो पक्षलाई इन्कार गर्दै स्थायी समिति बैठकको माग गरे । उनीहरुको मागलाई सम्वोधन गर्न स्थायी समितिको बैठक पनि चलिरहेको छ । तर कुरा मिल्न नसकेको भन्दै चित्त नबुझाएर फेरी केन्द्रिय समितिको बैठक गर्ने काम भइरहेको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेकपा स्थायी समितिको बैठक सीएमसीले बनाएको मापदण्ड बिपरित चलेको खुलासा पनि गरिदिए । सीएमसीले लकडाउन अवधिभर २५ जना भन्दा बढी मानिस भेला भएर बैठक र छलफल गर्न बन्देज लगाएको छ । यस्तो अवस्थामा नेकपामा केन्द्रिय समितिको बैठकको माग गर्नु कति जायज हो ?



















