काठमाडौं । डेढ दशक भन्दा बढि समय तत्कालिन नेकपा एमालेको नेतृत्व माधवकुमार नेपालले गरेका थिए । उनले एमाले पार्टीको नेतृत्व गर्दा ०५१ सालमा तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको सरकार बाहेक अरु सरकार जनताको नजरमा कहिल्यै लोकप्रिय बन्न सकेनन ।
०५४ सालमा पुर्व पञ्चहरुसँग मिलेर एमाले सम्मिलित सरकार बन्यो । तत्कालीन सरकार यति बदनाम भयो कि धेरै पछिसम्म यसले एमालेलाई थप बदनाम गरायो । यी कुरालाई अहिले माधव कुमार नेपाल, झलनाथ खनालहरुले पुरै बिर्सिसकेका छन् । उनीहरु दुवै नेताले पार्टीको नेतृत्व गर्दै अनुभव संहालेर प्रधानमन्त्रीसमेत भएर मुलुकमा शासन गरेकै हुन । उनीहरु पार्टी र सरकारमा रहेको समयमा मुलुकका के कस्तो काम भए र त्यो समयमा सुशासनको अवस्था कस्तो थियो त्यो कुराको हेक्का नेताद्धयले अहिले राख्न जरुरी हुन्छ । त्यसको समिक्षा हुनुपर्छ । अर्कालाई दोष थोपरेर आफुलाई पानी माथिको ओभानो देखाउने काम जिम्मेवार नेताहरुबाट किन भइरहेका छन ।
जिवनभर पार्टीकै लागि भनेर लडाईं लडदा प्रधानमन्त्री केपी शर्मा ओली गम्भिर रोगको शिकार हुन बाध्य छन । रोगका बावजुत पनि प्रधानमन्त्री ओली दिनरात नभनिकन मुलुकका निम्ति खटिई रहेका छन । प्रतिकुल स्वास्थ्य हुँदा र रहँदा पनि मुलुक र जनताका लागि भन्दै उनी निरन्तर लागि रहेका छन । यो कुरा नेपाल र नेपाली जनतालाई मात्र होइन अन्तर्राष्ट्रियजगतले पनि महसुस गरेको छ ।
प्रमुख राजनीतिक दलका नेता, मन्त्री सामान्य रुघाखोकी र पातलो दिशा लाग्नासाथ सरकारी ढुकुटी दोहन गर्दै बिदेश उपचारमा दौडन्थे । तर मुलुकको कार्यकारी प्रधान्मन्त्री र शक्तिशाली पार्टीका अध्यक्षबाट नै त्यो परम्परको अन्त्य गर्ने काम भएको छ । अर्थात त्यो परम्परालाई तोडने काम प्रधानमन्त्री ओलीबाट भएको छ ।
प्रधानमन्त्री ओलीले दोश्रो पटक मृर्गौला प्रत्यारोपण मुलुकभित्रै र त्यो पनि सरकारी अस्पतालबाटै गरेर नयाँ सन्देश प्रवाह गरिसकेका छन । जनतालाई बिकासको सपना देखाएका मात्र छैनन कार्यान्वयन गरेरै छाडने प्रतिबद्धता पनि जाहेर गरेका छन । त्यसको लागि आवश्यक कानुन बनाउने काम सम्पन्न भएको छ । अव त्यसलाई कार्यान्वयनमा लैजाने कामको शुरुवात हुन लाग्दै छ । यही बिचमा सरकारी योजनालाई कार्यान्वयन गर्न नदिनको लागि चारैतर्फबाट सरकार र प्रधानमन्त्री ओलीमाथि प्रहार गर्ने काम भइरहेको छ र सरकारमाथि चुनौति थप्ने काम भइरहेको छ ।
बर्षौदेखि बिवादित भुमिको रुपमा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई राष्ट्रिय एकताकासाथ हल गर्ने गरी राजनीतिक समाधान खोज्ने काम निरन्तर जारी छ । त्यसको लागि राष्ट्रिय एकता जुटाउन प्रधानमन्त्री सफल भएका पनि छन । यो समस्या नेपाल, खनाल र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बखत किन हल गर्न खोजिएन । जनताले यो प्रश्न उनीहरुप्रति सोझ्याइरहेका छन । दुई दुई पटक मुलुकको कार्यकारी पदमा पुगेका प्रचण्डले कहिल्यै पनि सीमा बिवाद देखेनन । यो कुरा यसअघिका सरकारले उठाए तर कार्यान्वयनमा लैजाने आँट देखाउन सकेनन । प्रधानमन्त्री ओलीको दृढ इच्छाशक्तिले नै यी सवै काम भइरहेका छन ।
तर निरन्तर पार्टी भित्र अर्थात नेकपाबाट नै प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने र सरकारको बदनाम गर्ने काम भइरहेका छन । यसले कसलाई घाटा पुरर्याउछ त्यसको हेक्का पनि उनीहरुले राख्न जरुरी हुन्छ । बिगतका सरकारले गर्न नसेकेका र छुटेका कामहरु गर्न बर्तमान सरकारलाई रचानात्मक सहयोग पुर्याउने दायित्व नेकपाका प्रमुख नेताहरुको हो । तर अहिले नेकपाका प्रमुख र जिम्मेवा नेताहरु नै सरकारको बदनाम गर्न उद्धत छन । प्रमुख नेताहरुको यो गैर जिम्मेवारपनले घाटा कसलाई पुग्छ ? यसबारे हेक्का राख्ने काम किन भइरहेको छैन । यो सरकार पाँच वर्षको लागि मात्र बनेको हो । त्यसपछि त चुनावमा जानु नै छ । त्यसबेला प्रचण्ड, नेपाल र खनाल के भनेर जनतामाझ जान्छन ? प्रधानमन्त्री ओलीलाई दोष थोपरेर नेकपालाई जोगाउने कि बदनाम गर्ने बल उनीहरुकै कोटमा छ ।