काठमाडौं । काठमाडौँ उपत्यका लागयत देशभर कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि यसको रोकथाम बारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा वैठक जारी छ । छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाुकर, कोरोना रोकथाम समितिका पदाधिकारी र सदस्यहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी रहेको बताइएको छ ।
कोरोनाको महामारी रोक्न पुनः लकडाउन गर्ने÷नगर्नेबारे मा पनि प्रधानमन्त्री ओलीले छलफल गरिरहेको बताइएको छ ।