काठमाडौं । लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । लुजडाउनको शुरुका केही दिन घटेपनि केही दिनदेखि कोरोना संक्रमितको दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनीहरु मध्ये काठमाडौं उपत्यकामा मात्र ५१ जना छन् । जसमध्ये काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुर ३ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा सुनसरीका ५ जना, कोशी अञ्चल अस्पताल विराटनगरमा झापाका १ जना, मोरंगका ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४ जना र मोरंगका ९ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा सिरहाका ३ जना र सप्तरीका ५१ जनामा कोरोना संक्रमण पाइएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका १ जना, महोत्तरीका ३० जना र धनुषाका ३० जनामा संक्रमण पुष्टि भएको छ।
प्रवक्ता गौतका अनुसार नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा पनि बाराका ३ जना र पर्साका ७१ जनामा कोरोना भेटिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, काठमाडौंका ८ जना, कैलालीका ३५ जना, कञ्चनपुरका ८ जना र रसुवाका १ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा बाराका १ जना, काठमाडौंका १७ जना र रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ भने पाटन अस्पताल प्रयोगशाला ललितपुरमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जना, महोत्तरीका १ जना, चितवनका १ जना र गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै वीर अस्पताल प्रयोगशाला काठमाडौंमा सर्लाहीका १ जना र काठमाडौंका २ जनामा कोरोना संक्रमण भेटिएको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा काठमाडौंका १ जना र दोलखाका १ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २ जनामा तथा स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका ५ जना र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
त्यसतै वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका ३ जना, पोखरा प्रयोगशालामा कास्कीका ८ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा स्यांजाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उता भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ८ जना, बर्दियाका १ जना, दाङका १ जना र कैलालीका १ जनामा कोरोना पुष्टि भएको छ भने सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा सुर्खेतका २ जना, दैलेख पीसीआर प्रयोगशालामा दैलेखका २ जना, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा रुकुमपश्चिमका २ जना, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कञ्चनपुरका ८ जना, कैलालीका ३१ जना र अछामका ४ जनामा कोरोना भेटिएको छ।
नेपालमा हालसम्म २० हजार ७ सय ५० मा कोरोना पोजिटिभ देखिएको छ। उनीहरु मध्ये हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज भएका छन् भने हाल सक्रिय संक्रमित ५ हजार ७ सय ३२ जना छन् । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ छ ।



















