काठमाडौं । नेपालको अग्रणी राजनीतिक दल नेपाली काँग्रेस गन्तव्यहीन जस्तो बनेको छ । आफनै दलका भातृ संगठनहरु नेबिसंघ, तरुण दललगायत भुमिकाबिहिन भएका छन् । उनीहरुलाई पार्टीले कुनै जिम्मेवारी, भूमिका र निर्देशन नदिएको कारण बेरोजगार जस्तै छन् । तर सभापति शेरबहादुर देउवा भने स्वतन्त्र रुपमा अभियान चलाइरहेका युवाहरुलाई आफ्नो स्वार्थमा परिचालन गर्न खोजेका छन् ।
शनिवार आमरण अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न बसन्तपुर पुगेका सभापति देउवाले सडक आन्दोलन गर्न उक्साएका छन् । उनले सत्याग्रह होइन, सडक आन्दोलन गरे आफू पनि सहभागि हुने बताए ।
मुलुकको शसक्त राजनीतिक दल अहिले भुमिकाबिहिन जस्तो भएको छ । मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्नु उसको दायित्व हो । तर कांग्रेसले सरकारको राम्रो काम र नराम्रो काम खुट्याउन नसकेको जस्तो देखिन्छ ।
देशभर कोरोना महामारी दिनप्रतिदिन फैलिइरहेको छ । सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थामा देउवाले युवाहरुलाई आन्दोलन गर्न उक्सापछि सामाजिक सञ्जालहरुमा उनको आलोचना भएको छ । युवाहरुलाई भेट्नु, उनीहरुका माग बारे चासो राख्नु प्रतिपक्षी दलका नेताको हैसियतले जायजै हो । उनले युवाहरुका जायज माग पूरा गराउन सरकारसँग पहल गर्नुको सट्टा आन्दोलनका लागि उकास्न खोज्नुले देउवाको नियतमाथि धेरैले प्रश्न उठाएका छन् । भविष्यमा अभियन्ता युवाहरुलाई उपयोग गर्न सकिन्छ कि भनेर उनी त्यहाँ पुगेका हुन ।
आफनै दलका युवाहरुलाई परिचालन नगर्ने तर भिन्न उदेश्यसहित अभियनमा लागेका युवाहरुको मन जित्नको लागि सभापति देउवा शनिबार त्यहाँ पुगेका थिए भने आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल त्यहाँ पुगेका छन् । कांग्रेस नेताहरु त्यहाँ पुगेपनि अभियानमा लागेका युवाहरु भने त्याति खुशी देखिदैनन् । लामो समय मुलुकको बागडोर सम्हालेको कांग्रेसले कलकारखाना, उद्योग खोलेर रोजगारी सिर्जना गर्नुको साटो भएका समेत बेचेर युवाहरुलाई खाडी मुलुक जान वाध्य बनाएको कुराले युवाहरुको मन कुँडिएको छ । मुलुकमा तमाम राजनीतिक मुद्धाहरु छन, त्यसप्रति काँग्रेसको कुनै ध्यान जान सकिरहेको पाइंदैन ।
संसदमा प्रमुख प्रतिपक्षदलको भुमिकामा रहेको काँग्रेस र त्यसका सभापति देउवा मुलक कारोना महामारी र बाढी पहिरोको कारण अक्रान्त बनिरहेको छ । यसतर्फ न त उनले सरकारको ध्यानाकर्षण गराएका छन् त आफ्ना कार्यकर्ता नै परिचालन गरेका छन् ।
सरकारले कोरोना महामारी नियन्त्रणको लागि प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै बिभिन्न समुहहरु आन्दोलन गरिरहेका छन । बाढी पहिरो र डुवानका कारण सयौं सर्वसाधरण नागरिक घरवारबिहिन भएका छन । यहीकारण सयौं नागरिकले अकालमा ज्यान गुमाइसेका छन । यसतर्फ मुलुकको पुरानो दल र प्रतिपक्षीको हैसियतामा कांग्रेसको पनि दायित्व हो । तर यसतर्फ गम्भीर गम्भीर बन्न सकिरहेको छैन र आवश्यक ठानेको पनि छैन ।
मुलुकभर राजनीतिक सञ्जाल भएको पार्टीले मुलुकमा अहिले अप्ठ्यारोमा परेका सर्वसाधरण नागरिकको उद्धार र राहतको लागि सरकारसँग पहल गर्ने, कार्यकतालाई खटाएर उनीहरुको समस्या सरकार समक्ष पुर्याउन लाग्नुपर्ने थियो । तर त्यसतर्फ उसको ध्यान जान सकिरहेको छैन । त्यसको सटट काँग्रेसमा तेश्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलालाई लिएर सभापति देउवा ‘इनफ इज इनफ’ ग्रुपसँग भेट गर्दै सहारा खोज्नेले कांग्रेस कमजोर भइसकेको हो भन्ने प्रश्न उठेको छ । अनसनरत युवाहरुलाई भेट्नै नहुने भन्न खोजिएको होइन । उनीहरु पनि यहि समाजमा केही गरौं र अगाडि बढन खोजिरहेका युवाहरु हुन । उनीहरुले उठाएका मुद्दाहरु सरकारले गम्भीर रुपमा लिएको पाइएको छ । केही समय अघि उनीहरुका माग पूरा गर्ने प्रतिवद्धता जनाएर सहमति पनि भएको थियो । सहमति अनुसार सरकारले काम गरिरहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
आफ्ना माग राख्नलाई कांग्रेसले छुट्टै अभियान चलाउन सक्छ । आफ्ना नेता, कार्यकर्ता परिचालन गर्न सक्छ । तर एउटा छुट्नै अभियानमा लागेका युवाहरु कुनै राजनीतिक दलमा देखिने गरी आवद्ध छैनन् । तसर्थ कांग्रेसले उनीहरुको आन्दोलनलाई राजनीतिक लेपन लगाइदिन खोजेकोमा युवाहरु सशंकित बनेका छन् ।
कोरोना संक्रमण नियन्त्रण र रोगथामका लागि पीसीआर परीक्षण बढाउनुपर्नेलगायतका माग राखेर लामो समयदेखि आन्दोलनरत उक्त समुहले असार २३ गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः र समायरा श्रेष्ठ १५ दिनदेखि बसन्तपुरमा अनसनरत छन् ।
अनसनरत युवाहरुलाई भेट्न पुगेका देउवाले अनसनरत युवाहरुलाई अनसन तोड्न आग्रह गरेर उनीहरुका माग पूरा गराउने जिम्मेवारी लिन सकेका भए उनको प्रशंसा हुने थियो । तर उनले आन्दोलन गर्न उक्साउकाले आलोचना भएको छ ।
आरडीटी परीक्षण पूर्णरुपमा रोक्नुपर्ने, सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग अभियन्ताहरुको छ । सरकारले उनीहरुको माग अनुसार आरडीटी परीक्षण रोकेको छ भने पीसीआर परीक्षण बढाउँदै लगेको छ । क्वारेन्टिहरुको अवस्था सुधार गर्न पनि स्थानीय तहहरुलाई निर्देशन दिइसकेको छ ।