काठमाडौं । पुर्व प्रधानमन्त्री स्वर्गीय सुर्य बहादुर थापाका छोरा सुनिल बहादुर थापा मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेसँगै पुर्वपञ्चहरुको पार्टीमा सनसनी मच्चिएको छ । यता नेपाली काँग्रेसमा उनको प्रवेशलाई लिएर खासै उत्साह थपिएको पाइएन । सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहका छोरा प्रकाशमानले सुनिको नेपाली काँग्रेस प्रवेश स्वागतयोग्य भएपनि समय उचित नभएको प्रतिक्रिया दिएका छन ।
पंचायतकालमा प्रजातन्त्र ल्याउनको लागि राजनीति लडाईं लडदा बीपी कोइराला, गणेशमान सिंह,कृष्णप्रसाद भटट्राई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत नेताहरुलाई दुख दिने पंचायती व्यवस्था नै थियो । त्यसको हर्ताकर्ता पंचायती व्यवस्था भएपनि हिमायती र त्यका हर्ताकर्ता शासकहरु भने सुर्यबहादुर नै थिए । ०३६ सालमा भएको जनमत संग्रहमा बहुदललाई हराएर पंचायती व्यवस्थाको पक्षमा परिणाम ल्याउन सनिलका पिताको योगदान मुख्य रहेको घाम जतिक्कै छर्लङग छ । त्यसबेला सुनिका बुबा सुर्यबहादुर नै मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो ।
यी घटनालाई नजिकबाट नियालेर अध्ययन गरेकोले पनि होला प्रकाशमान सिंहले थापाको नेपाली काँग्रेस प्रवेशलाई सुखद मान्न सकिरहेका छैनन । अर्को कुरा, २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र नेताहरु बिरुद्ध बागी बनेकाहरुलाई पनि यत्रो समय पछि यही बेलामा कारवाही गरेको रिर्पोट बाहिरियो ।
नेपाली काँग्रेसले कित उनीहरुलाई त्यही बेला कारवाही गर्नुपर्दथ्यो, कित सुनिलहरुको पार्टी प्रवेशपछि अर्थात समयको ग्याव पारेर रिर्पोट सार्वजनिक गरेको भए राम्रो हुने थियो । जीवनभर नेपाली काँग्रेसमा लागेर जिवन समर्पन गरेका नेताहरुलाई कारवाही गर्नु र सँगसँगै पुर्व पञ्चहरुलाई पार्टीमा भित्राउनु संयोग मात्र नहुनसक्छ । यसमा केही न केही राजनीति सन्देश दिन खोजेकै हुनुपर्दछ भन्ने अडकलबाजी राजनीतिमा बृतमा चलिरहेको छ ।
कुनै बेला नेपाली काँग्रेसमा गोबिन्दराज जोशी जस्ता हस्तिहरु स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाका अनुयायी थिए । कोइराला छदैं गोबिन्दराज र खुमबहादुरहरुलाई भ्रष्टाचार मुद्धा लगाएर जेल पठाउन खोजियो । खुमबहादुर जेल पनि परे । अहिले उनी यस धर्तीमा छैनन । गोबिन्दराजको मुद्धा अदालतमा बिचाराधिन अवस्थामा रहेको छ । अहिले आएर उनलाई पार्टी अनुशासन उल्लघन गरेर नेता रामचन्द्र पौडेलको बिरुद्धमा लागेर हराएको भन्दै भन्दै कारवाही हुनु र सुनिलहरुको पार्टीप्रबेश सँगसँगै हुनुले नेपाली काँग्रेसमा संसय भने जन्माएकै छ ।
यसैवीच आज पार्टी कार्यालय सानेपामा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वैठकले महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी हुनुपर्ने माग गरेको छ ।
सभापति शेरबहादुर देउवाले एकपक्षीय रुपमा विभागहरु गठन तथा मनोनयनलगायतका गतिविधि गरेको भन्दै पौडेल पक्षले चर्को विरोध गर्दै आएको छ ।
वैठकले महाधिवेशन निश्पक्ष, स्वतन्त्र हुने ग्यारेन्टी गर्न महाधिवेशनलाई प्रभावित पर्ने तरिका गतिविधि रोक्न सभापतिको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको एक नेताले बताएका छन् ।