काठमाडौं । नेकपा भित्रको आन्तरिक शक्ति संघर्षले संकट निम्ताउने संकेत मिलेको छ । मंगलबार बोलाइएको स्थायी समिति बैठक पार्टी अध्यक्ष एंवम प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम समयमा स्थगित गर्नुभएको थियो । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा एकलौटी रुपमा बैठक गरेपछि नेकपाको आन्तरिक बिवाद झन चर्केको छ । स्थायी समितिमा आफनो पकड देखाउनकै लागि प्रचण्ड पक्षधर नेताहरुले बैठक गरेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पक्षधरहरु नेताहरु संशकित भएका छन ।
नेकपामा बिधि र पद्धतिको बिषयलाई लिएर बाराम्वार कुरा उठने गरेको छ । पार्टी अध्यक्ष एंवम प्रधानमन्त्री ओलीले सहमतिको लागि भन्दै व्यस्ताका बावाजुत स्थगित गरेको स्थायी समिति बैठक बल मिच्याईं गर्दै जवर्जस्त रुपमा गर्नु भनेको पनि बिधि र पद्धति बिपरित भएको जानकारहरु बताउँछन ।
आजको स्थायी समिति बैठकमा प्रचण्ड पक्षधर भनेर चिनिएका मुख्य नेताहरु नेताहरु नै उपस्थित भएनन । हिजोका दिनमा पचण्ड निकट मानिदै आएका स्थायी समिति सदस्य एंब नेता बामदेब गौतम बैठकमा केही समय उपस्थित भएर आफना कुरा राखेर बाहिरिनु भयो । उनै गौतम र प्रधानमन्त्री केपी ओलीबीच पार्टीलाई कसरी एकतावद्ध राखेर अगाडि बढ्ने भन्ने विषयमा साँझ कुराकानी भएको बताइएको छ ।
हिजो वालुवाटारमा भएको स्थायी समिति वैठक भनिएपनि धेरैले त्यसलाई खुमलटारमा हुँदै आएको भेला मंगलबार वालुवाटारमा भएको टिप्पणी गरेका छन् । सो भेलामा स्थायी समिति सदस्य एंवम गृहमन्त्री रामबहादुर थापा, मणि थापा लेखराज भटट् र टोपबहादुर रायमाझी बैठकमा सहभागि नै भएनन । यसैगरी भीम रावल बैठकमा सहभागि भएर आफना कुरा राखेर चाँडै बाहिरिएका थिए । पर्यटनमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराई पनि बैठकमा सहभागि भएनन ।
प्रचण्ड पक्षधर स्थायी समितिहरु २८ जनाको उपस्थिति रहेको बताइएको छ । हाल नेकपा स्थायी समितिको कुल सदस्य संख्या ४४ रहेको छ ।
सचिवालय पनि बरावरीको स्थिति
नौ सदस्सिय नेकपाको सचिवालमा प्रचण्ड पक्षधरहरुको बहुमत रहदै आएको भएपनि अहिले समिकरण बदलिएको बताइएको छ । गृहमन्त्री रामबहादुर थापा र बामदेब गौतमले प्रचण्डको साथ छोडेर प्रधानमन्त्री ओलीलाई साथ दिने भएका छन । प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल गौतम र गृहमन्त्री थापासहित ४ जना छन भने प्रचण्डको पक्षमा उनीसहित नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणीकाजी श्रेष्ठ रहेका छन ।
मंगलबार नेता बामदेब गौतमले दुई नेताहरुको मिलन बिन्दुका लागि ६ बुँदे सहमतिपत्रको ड्राफट पनि सार्वजनिक गरेका छन । गौतमको ड्राफट बाहिर आएसँगै पार्टीलाई कुनै पनि हालतमा बिभाजनमा जान दिन नहुने भन्दै सचिवालका केही नेताहरुले प्रधानमन्त्रीलाई साथ दिन लागेको बताइएको छ ।
स्थायी समिति र सचिवालयमा रहेको बहुमत सदस्यको आडमा पार्टी र प्रधानमन्त्री पदबाट ओलीलाई राजिनामा दिन गरिएको दवाव अव क्रमश फिका हुँदै जाने संकेत मिलेको छ । नेता गौतम, पर्यटनमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेश भटट्राई र कृषिमन्त्री घनश्याम भुषाल पनि कुनै पनि हालतमा पार्टीलाई बिभाजनमा जान नदिन भन्दै सहमतिको आधार तयार गर्न जुटेका छन ।
मन्त्री योगेशले त दुर्घटना नजिकिदै छ, सवै रोकियौं र सल्लाह गरौं भनेर ट्वीटसमेत गरेका छन । नेकपामा अहिले चुलिएको बिवाद सिद्धान्त, बिधि र पद्धति भन्दा पनि कुर्सीको लडाईं नै प्रमुख मानिदै आएको छ ।