काठमाडौं । दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको विवाद समाधानका लागि ६ वुँदे प्रस्ताव ल्याएको छ ।
दुबै अध्यक्ष समक्ष उपाध्यक्ष गौतमले उक्त प्रस्ताव बुझाउने बताइएको छ ।
उपाध्यक्ष गौतमले गरेको प्रस्तावमा पार्टीको एकता महाधिवेशसम्म केपी शर्मा ओली पार्टी अध्यक्ष र आगामी निर्वाचनसम्म प्रधानमन्त्री दुवै पदमा कायम रहने तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख गरिएको छ।
त्यस्तै पार्टीको महाधिवेश सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने, राष्ट्रिय अन्तराष्ट्रिय महत्त्वका विषयहरूमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने प्रस्ताव उपाध्यक्ष गौतमको छ ।
गौतमको प्रस्ताव विवाद समाधानको बटमलाइन हुन सक्ने नेकपा नेताहरुले बताएका छन् ।
राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका लागि प्रधानमन्त्री ओलीले अडानका साथ काम गरिरहेका बेला उनीविरुद्धमा देशविदेशी शक्तिहरु षडयन्त्र गरिरहेका छन् । यसै बेला पार्टीका वरिष्ठ नेताहरुले समेत प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउन खोज्नुले नेताहरुको सिद्धान्त, नैतिकता र राष्ट्रियतामा समेत प्रश्न उठेको छ । आम वुद्धिजीवीदेखि सर्वसाधारणहरुले समेत अहिलेको बेलामा सरकारको नेतृत्व परिवर्तन गर्नु र पार्टी अध्यक्षबाट हटाउनु भनेको जनता र पार्टीका कार्यकर्ता, शुभेच्छुकहरुप्रति घात गर्नु हो भनेका छन् । त्यसैले उपाध्यक्ष गौतमले ल्याएको प्रस्तावलाई अहिलेको विवाद समाधानको बटमइलान बनाउनुपर्ने देखिन्छ ।