काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो ।
सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो । उहाँले यतिबेला मौद्रिक नीति सार्वजनिक गरिरहनु भएको छ ।
मौद्रिक नीतिमा कोरोनाको प्रभावमा परेका क्षेत्रहरुलाई कर्जा चुक्ता गर्न २०७७ असार मसान्त सम्मको अवधी रहेकोमा त्यसको म्याद ६ महिनादेखि १ वर्षसम्म थपेको छ।
सामान्य प्रभाव परेको क्षेत्रको पुस मसान्तसम्मलाई अल्पकालिन कर्जाको म्याद थप गरिएको जानाकारी गभर्नर अधिकारीले दिएका हुन्।
उनले कर्जाको किस्ता तथा ब्याज तिर्ने अपधी थप गरिएको बताएका छन्। मध्यम प्रभाव परेका क्षेत्रको कर्जा भने चैत मसान्तसम्म थप गरिएको छ।
अति प्रभावित क्षेत्रलाई कर्जाको म्याद १ वर्ष थप गरिएको छ भने पर्यटन क्षेत्रको भने नयाँ म्याद पनि राख्न सकिने उल्लेख छ।