काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ ।
आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको एक नेताले बताएका छन् ।
बैठकका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।
यसअघि बिहीबार अध्यक्षद्वय र बरिष्ठ नेता माधबकुमार नेपालबीच आन्तरिक विवाद समाधानका लागि छलफल भएको थियो । उक्त छलफलमा सकारात्मक भनिएपनि कुनै निष्कर्षमा पुग्न सकेन ।