काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने बस्ने भनिएको स्थायी कमिटीको बैठक साउन २ गतेसम्म अर्थात एक हप्ताका लागि स्थगित भएको छ ।
बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले ट्वीटमा भन्नुभएको छ, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको छ।”
आगामी बैठक साउन २ गते ११ बजे बस्ने तय भएको बताइएको छ ।