काठमाडौं । जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। पार्टी पदाधिकारीको मंगलबार बसेको बैठकले उनलाई दुवै पदबाट हटाउने निर्णय गरेको बताइएको छ ।
‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा गिरीको अभिव्यक्ति गलत भएको र पार्टीको ह्वीप नमानेकाले पार्टीबाट हटाइएको सो पार्टीका नेताले बताएका छन् ।
गत जेठमा भएको संविधान संशोधनका बेला गिरीले पार्टी निर्णय विपरित संशोधन प्रस्ताव दर्ता गरेकी थिइन भने मतदानका बेला प्रतिनिधिसभा बैठक छाडेर हिँडेकी थिइन्।
सो सम्बन्धमा उनलाई पार्टीले स्पष्टीकरण सोधेको थियो।
सो विषयमा छानबिन गर्नको लागि पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरेको थियो।



















