काठमाडौं । आज बसेको मन्त्रिपरिषद वैठकले संसदको बर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । वैठकले आजै ५ः ०० बजेबाट अधिवेशन अन्त्य गर्ने सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नु भएको थियो ।