काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजिटिभ आएको हो ।
आज थपिएका संक्रमितहरु मध्ये १ सय १७ जना महिला र ३ सय ६५ पुरुष रहेका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना रहेका छन् । जम्मा संक्रमित मध्ये ४ हजार ६ सय ५६ जना पूर्णरुपमा निको भएर डिष्चार्ज भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।



















