काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज विहान निधन भएको छ ।
गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा मुट सम्बन्धी रोगको उपचारका क्रममा उनको निधन भएको बताइएको छ ।
बाग्लुङको तमानखोला गाउँपालिका वडा नं। ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।
उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङले जनाएको छ ।