काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना रोकथाममा सक्रियताका साथ काम गरिरहेको बताउनुभएको छ ।
जनप्रतिनिधीहरूले आफूले सकेको हिसाबले काम गरिरहनुभएको वताउँदै प्रधानमन्त्री ओलीले उहाँहरुलाई धन्यवाद पनि दिनु भएको छ ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि कोरोना नियन्त्रण, रोकथाम, उद्दार र व्यवस्थापनका काममा लागिरहेको वबताउँदै त्यसमा कसैको पनि ध्यान नदिएर दैनिक हिसाबकिताब चाहियो भनेर हल्ला भइरहेको वताउनु भएको छ । उहाँले हिसाव पारदर्शी हुने वताउँदै अहिले हिसाव किताव खोज्ने होइन, कोरोना नियन्त्रणमा ध्यान दिनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकाममा भएको खर्च मात्र होइन, राज्यका हरेक निकायबाट भएको खर्चको हिसावकिताव स्टिम अनुसार हुने वताउनु भएको छ ।
नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढि भएको र प्रभावकारी उपचार विधिका कारण नेपालमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु नभएको उहाँले बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले भदौको सुरुमा कोरोना संक्रमणको उच्चतम बिन्दूमा पुगेर घट्दै जाने वताउनु भएको छ । उहाँले दशैं, तिहार र छठ लगायतका चाडबाढमा हुने भिडभाडले पुनः बढ्ने सक्ने र मंसिरतिरबाट फेरि घट्दै जाने र पुस–माघसम्ममा नियन्त्रणमा आउने बताउनु भएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले देशलार्ई परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित भएको बताउँदै राष्ट्रियसभाले सर्वसम्मत संविधान संशोधन पारित गरेकोमा धन्यवाद पनि दिनुभएको छ ।