रुकुम पश्चिम चौरजहारीमा दुःखद घटना घटेको छ । घटना जस्तोसुकै होस् त्यसले एउटा शिक्षा दिएर गएको हुन्छ । कुनै घटना घट्छन् भने सरकारको पहिलो दायित्व भनेको आग्रह÷पूर्वाग्रह विना निष्पक्ष छानबिन र दोषीउपर कानुनी कारबाही हो । अर्को गर्नैपर्ने काम भनेको त्यो घटना किन घट्यो ? त्यस्ता घटना घट्न नदिन के गर्न सकिन्छ ? भनेर अनुसन्धान गर्ने र त्यसको निवारण गर्ने हो । विडम्बना घटना घट्न नदिन कयौं समिति बनेर प्रतिवेदन बने पनि ती प्रतिवेदन दराजमा थन्क्याइन्छ कार्यान्वयन हुँदैन । चौरजहारीको घटनाले केही समस्या सामुन्ने ल्याइदिएको छ ।
१. यौन शिक्षा
अहिले बाल बच्चालाई पनि यौनको शिक्षा आवश्यक छ भनी कलिलै उमेरदेखि पढाइमा यौनशिक्षा राखिएको छ शिक्षामा दातृनिकायको लगानी धेरै छ । त्यही भएर दातृनिकाय खुसी पार्न हो या सकारात्मक सोचले हो, त्यो सरकार आफैं जानोस् । यौन भनेको सबैमा सुषूप्त ढङ्गले रहेको हुन्छ । कलिलो उमेरमा यौनको कुरा पढ्न लगाएपछि बालबालिकाको मन यौनतर्फ जान्छ । चौरजहारी घटनाको सन्दर्भमा गृहमन्त्रीले संसदमा दिनुभएको जानकारीअनुसार नवराज विककी प्रेमिका १७ वर्षकी थिइन् । तीन वर्ष अघिदेखि उनीहरु प्रेममा थिए । अर्थात् १४ वर्षको मान्छे प्रेममा परेको हो या यौनाकर्षणले तानेको हो ? कतै हाम्रो शिक्षा नीतिको समस्या त हैन ?
अहिले हामीले हेर्ने समाचारमा अपराध र अपराधीको खबर पीडितअनुसार फरक छापिन्छ । गैह्रदलित बालिका बलात्कार भएकी छन् भने फेरि बालिका बलात्कृत भनेर आउँछ दलित बालिकाको बलात्कृत भएकी छन् भने दलित बालिका बलात्कृत भनेर आउँछ । मानौं दलित भनेको अपांग अशक्त भनेजस्तै हो भन्ने गरी । यसरी समाचार नजानिँदो तरिकाले भेदभाव गरेको हुन्छ ।
२. बालविवाह
मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ को दफा १७१ को उपदफा ३ को स्पष्टीकरणमा लेखिएको छ—
‘यस दफाको प्रयोजनको लागि दफा १७३ बमोजिम विवाह गर्न पूरा हुनुपर्ने उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिनेछैन ।
त्यस्तै दफा १७३ को उपदफा १ र २ मा यसप्रकार लेखिएको छ —
क. विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनुहुँदैन ।
ख. उपदफा १ बमोजिम भएको विवाह स्वतः बदर हुनेछ ।
यसरी कानुनले २० वर्षअघि बिहे प्रतिबन्ध लगाएको छ भने शिक्षा नीतिचाहिँ बेलैमा यौनको भोक जगाउने खालको छ । भोक जगाएर खान नदिएमा के हुन्छ ? भन्ने प्रश्न एक ठाउँमा छ भने विवाह गर्ने उमेर नपुगेकी केटीलाई कुनै केटा प्रेममा छे भनेर भगाएर लान खोज्छ भने के कारबाही गर्ने ? कुन कानुनअनुसार कारबाही गर्ने ?
यदि उमेर नपुगेकी केटी कुनै केटासित भागी र नियमअनुसार बिहे बदर गरेर ल्याइयो भने हाम्रो जस्तो समाजमा भोलि आउने समस्याको समाधान कसले गर्ने ? उमेर नपुगेकी छोरी नि भाग्न खोज्छे, केटाले नि लान खोज्छ भने त्यस्तो अवस्थामा के गर्ने ?
चौरजहारी काण्डमा पनि केटालाई पुलिसलाई बुझाउँदा एक दिन थुनेर छोडेको थियो भनिन्छ । यदि उमेर नपुगेकी केटी भगाउने वा भगाउन खोज्नेलाई नि कारबाही हुन्थ्यो भने यो घटना हुँदैनथ्यो कि ? त्यसैले कानुन राम्रो बनाउने कि व्यावहारिक ? अहम् प्रश्न यही हो ।
३. बच्चाको बाबु को ?
केही पत्रिकाले मृतकको प्रेमिका गर्भवती रहेको भनेर अपुष्ट खबर पनि छापेका छ्न् । यदि गर्भ रहेको हो भने उसको पहिचान के हुने ? परिच्छेद १ को दफा ३० र ३१ को अधिकार कसरी स्थापना गर्ने ? किनभने परिच्छेद १८ को दफा २१९ को उपदफा २ मा यसरी लेखिएको छ —
‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई करणी गरेको मानिनेछ ।’ करणी गरेको बाबुको पहिचान दिने कि के दिने ? यदि यस्तो अवस्थामा आमाले त्यसरी जन्मिने बच्चाको आमाले बाबुको पहिचान दिन खोजे पाउने कि नपाउने ?
अहिले प्रमुख दलहरुको भाषणमा आकाश खसालेका कुरा गर्छन् । राणा शासनदेखि पञ्चायत, राजतन्त्र ढाल्यौँ, संघीयता के–के ल्यायौं भन्दै भाषण गरेर थाक्दैनन् । २००७ सालको क्रान्तिदेखि लिएर जनयुद्धसम्मका गफ गर्छन् । सामाजिक परिवर्तनको निम्ति हामीले यसरी कार्यकर्ता परिचालन गर्यौँ, यसरी काम गर्यौं भन्न सक्ने कोही छैनन् । सामाजिक अन्तर्विरोध उनीहरुको सत्ता चढ्ने भ¥याङ मात्रै हुन्छ । वास्तविक अन्तर्विरोध हटाउने काम गर्दैनन् । गाउँ गाउँमा विभिन्न राजनैतिक स्वार्थ लिएर पुग्नेहरु सामाजिक चेतनाको अभियान लिएर पुग्न सक्दैनन् ।
४. गैरसरकारी संस्था र कुरीति
नेपालमा दर्ता भएको गैरसरकारी संस्था मात्रै ५० हजारको हाराहारीमा छन् । दर्ता नभएका त कति छन् कति छन् । ती संस्थाहरुले खर्च मात्रै अर्बौँ रुपैयाँ गर्दछन् । उनीहरुको प्रगति विवरण हेर्यो भने कागजभरी देखिन्छ । यथार्थमा हेर्ने हो भने ती संस्थाहरुले न सामाजिक चेतना विकास गर्न सकेका छन्, न त आर्थिक अवस्थाको विकास नै गर्न सकेका छन् । भेदभावको प्रमुख कारण आर्थिक हुन्छ अनि सामाजिक । पश्चिम नेपालमा कुरीतिले जरा गाडेर बसेको छ । छाउपडी छुवाछूतलगायतको कुसंस्कार हटाउन कुनै संस्थाले भूमिका खेलेको मैले देखिनँ । देखिन्छ त केवल फोटो खिचाउन र काम देखाउन । नत्र ५० हजार गैह्रसरकारी संस्थाले १०० को दरले मात्रै परिवर्तन गरेका भए नि ५० लाख मानिस परिवर्तन हुन्थे । १ जनाको दरले परिवर्तन गरेका भए पनि ५० हजार परिवर्तन हुन्थे । खोइ कसैमा परिवर्तन देखिन्न । यदि दलित दलितबीचको छुवाछूत हटेको भए मात्रै पनि ती संस्थाको काम देखिन्थ्यो । त्यसैले चौरजहारी घटनाले गैह्रसरकारी संस्थाको भीडलाई नमीठो झापड हानेको छ ।
५. बेकामे राजनैतिक दल
अहिले प्रमुख दलहरुको भाषणमा आकाश खसालेका कुरा गर्छन् । राणा शासनदेखि पञ्चायत, राजतन्त्र ढाल्यौँ, संघीयता के–के ल्यायौं भन्दै भाषण गरेर थाक्दैनन् । २००७ सालको क्रान्तिदेखि लिएर जनयुद्धसम्मका गफ गर्छन् । सामाजिक परिवर्तनको निम्ति हामीले यसरी कार्यकर्ता परिचालन गर्यौँ, यसरी काम गर्यौं भन्न सक्ने कोही छैनन् । सामाजिक अन्तर्विरोध उनीहरुको सत्ता चढ्ने भ¥याङ मात्रै हुन्छ । वास्तविक अन्तर्विरोध हटाउने काम गर्दैनन् । गाउँ गाउँमा विभिन्न राजनैतिक स्वार्थ लिएर पुग्नेहरु सामाजिक चेतनाको अभियान लिएर पुग्न सक्दैनन् ।
६. अन्तर्विरोध बढाउने संविधान
चौरजहारी काण्डमा नै मृतक नवराज विकसहित गणेश बुढाको शव फेला परेको छ भने गोविन्द शाही बेपत्ता छन् । यसको अर्थ आजकालका युवामा जातीय भेदभाव हराउँदै गएको छ । सबै साथीभाइ छरछिमेकको भावना पलाउँदै गएको छ । यसरी सबै एकै हुन जान खोज्दै गर्दा संविधानले नै दलित गैह्रदलित भन्दै भेदभाव गर्छ । हुन त पिछडिएका भनेर उठाउन सकारात्मक विभेद गर्न खोजिएको होला तर सकारात्मक होस् या नकारात्मक विभेद विभेद नै हो । समाजमा रहेको विभेद हटाउन यसले भुमिका खेल्दैन । बरु गायक शिव परियारले भने जस्तै दलित शब्द नै हटाउँदा विभेद हटाउन सकारात्मक सन्देश जान्छ ।
यौन भनेको सबैमा सुषूप्त ढङ्गले रहेको हुन्छ । कलिलो उमेरमा यौनको कुरा पढ्न लगाएपछि बालबालिकाको मन यौनतर्फ जान्छ । चौरजहारी घटनाको सन्दर्भमा गृहमन्त्रीले संसदमा दिनुभएको जानकारीअनुसार नवराज विककी प्रेमिका १७ वर्षकी थिइन् । तीन वर्ष अघिदेखि उनीहरु प्रेममा थिए । अर्थात् १४ वर्षको मान्छे प्रेममा परेको हो या यौनाकर्षणले तानेको हो ? कतै हाम्रो शिक्षा नीतिको समस्या त हैन ?
७. विभेदकारी समाचार
अहिले हामीले हेर्ने समाचारमा अपराध र अपराधीको खबर पीडितअनुसार फरक छापिन्छ । गैह्रदलित बालिका बलात्कार भएकी छन् भने फेरि बालिका बलात्कृत भनेर आउँछ दलित बालिकाको बलात्कृत भएकी छन् भने दलित बालिका बलात्कृत भनेर आउँछ । मानौं दलित भनेको अपांग अशक्त भनेजस्तै हो भन्ने गरी । यसरी समाचार नजानिँदो तरिकाले भेदभाव गरेको हुन्छ । यस्ता समाचार पनि भेदभाव बढाउने कारक हुन् । यसरी समाचारले विभेदको रेखा खिचिरहनु उपयुक्त हो ?
८. कमजोर सरकारी तयारी
नेपालीमा एउटा उखान छ हिरा काट्ने हिरा फलाम काट्ने फलाम अर्थात् धर्मको नाममा भएको भेदभाव हटाउन अझसम्म कसैले धर्मगुरुहरुको सहयोग लिएको छैन । परोपकार पुण्याय पापाय परपीडनम् भनेर धर्मगुरुहरुलाई परिचालन गर्ने हो भने भेदभाव हट्ने थियो । तर सरकारी संयन्त्र छिटो भत्ता दिन्छ तर भेदभाव हटाउन सामाजिक स्तरमा केही काम गर्दैन । रचनात्मक तरिकाले भेदभाव हटाउन सरकारी संयन्त्रको भुमिका हुँदैन ?
समस्या यहाँ सबैलाई थाहा छ तर समाधान गर्यो भने सबैले आफ्नो आफ्नो रोटी सेक्न पाउँदैनन् । गैरसरकारी संस्थाको आम्दानीको बाटो सुक्छ । पार्टीहरुको काम नगरी बाहुनवाद भनेर गाली गरेको भरमा आउने भोट बैंक सुक्छ । अस्थिरता मच्चाएर धमिलो पानीमा माछा मार्न पल्केका स्वदेशी तथा विदेशी शक्तिको संग्लो पानीमा माछा मर्दैन । त्यसैले यस्ता घटनाको समस्याको जरो भन्दा नि हांगा काटिन्छ । त्यसैले यस्ता घटना दोहोरिरहन्छन् ।

























