काठमाडौं । आज दिउँसो कोरोना संक्रमित ६ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मलेनमा थप ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६८२ पुगेको छ।
प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज देखिएका नयाँ संक्रमितहरुमा सेती अस्पताल धनगढीमा उपचाररत अछामको मेल्लेकका ३२ वर्षीय पुरुष, भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाका २२, २४ र १८ वर्षका तीन जना पुरुष र नारायणी अस्पताल वीरगन्जमा उपचाररत बाराका एक र काठमाडौंमा २८ वर्षीय एक पुरुष रहेका छन्।
त्यस्तै आजै कपिलवस्तुको तौलिहवा अस्पतालमा उपचाररत एक स्वास्थ्यमकर्मी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ११२ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार जना पुगेका छन् ।



















