काठमाडौं । आज थप ७२ जना कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धनुषा नगराइन नगरपालिका– ३ का ३०,३१ र ४५ वर्षका ३ जना पुरुष रहेका छन् ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का क्रमश १९, २० र २३ वर्षका ३ जना पुरुष रहेका छन् भने
काठमाडौंको टोखा नगरपालिका वडा नम्र ३, ६ र बुढानिलकण्ठ नगरपालिका–३ का क्रमश २७, ४१ र ३७ वर्षका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराको कलैया नगरपालिका कोटवाली–१ का २५ र ३२ वर्षका पुरुष मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै रौतहटको राजपुर फरहदवा वडा नम्बर २,६,८ र इशनाथ–२ का क्रमश १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८,४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।




















