काठमाडौं । नेपालमा आज थप १९ जनामा कोरोना पुष्टि भएसगै संक्रमितको संख्या ६०३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज थप १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।
आज देखिएका संक्रमितमा मोरङ बाह्रदसी ३ का ४५ वर्षीय पुरुष, बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्सा वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साको नागवाका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष,रुपन्देहीका सम्मारीमाइका ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोस्रहखुट्टेका ७९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
त्यस्तै रुपन्देही गैडाहवाका गाउँपालिका २३, ३०, ४० वर्षीय पुरुष, कपिलबस्तु खैराती ३ का ३५, ३७, ५२ वर्षीय पुरुष र गुल्मीको मदानेका ३१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ देखिएको छ।
६०३ संक्रमितमध्ये ५२४ पुरुष र ८९ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। संक्रमितमध्ये हालसम्म उपचारपछि ८७ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।


















