काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा ६ जना, नवलपरासीमा एक जना, कपिलवस्तुमा १३ जना र धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । यी मध्ये ४५जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । बाँकीको उपचार भइरहेको छ ।



















