काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४.३० बजे सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।