काठमाडौं । सरकारले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ २ गते ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न तथा दुवै सदनलाई संवोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोनाभाइरसको प्रभावलाई न्यूनिकरण गर्ने, रोजगारी बढाउनेलगायतका विषयमा केन्द्रीत हुने जनाएको छ । अहिले संसदमा प्रिबजेट छलफल भईरहेको छ । संविधान अनुसार जेठ १५ गतेभित्र बजेट ल्याईसक्नुपर्नेछ । त्यसको अगाडी नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।