काठमाडौं । पछिल्ला केही दिनदेखि नेकपा भित्र गुटगत राजनीति फस्टाउदैं गएको छ । सरकारको नेतृत्व गर्दै आएका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको लोकप्रियताप्रति असहीय भएका अर्का जोडिएका अध्यक्ष प्रचण्ड, गत महाधिवेशनमा पराजित अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपति बन्ने तीव्र इच्छा राखेर आफ्नो चाहना पूरा गर्न नसकेका पूर्व अध्यक्ष झलनाथ खनाल, गत निर्वाचनमा पराजित भएर पनि पदका लागि मरिहत्ते गर्ने बामदेव गौतमलगायतका नेताहरु प्रधानमन्त्री ओलीसंग बदला लिने मनसायले प्रधानमन्त्रीलाई असफल बनाएर आफ्नो राज स्थापना गर्ने प्रयास स्वरुप गुटगत राजनीतिलाई मलजल गर्ने प्रयासमा लागेका छन् ।
यतिबेला उनीहरु एक शुत्रिय नारा ओली असफल बनाउ भन्ने तर्फ नै छ । नेपालको कम्युनिष्ट पार्टीको इतिहासमा केपी शर्मा ओलीलाई जननेता मदन भण्डारी पछिको सफल राजनीतिज्ञको रुपमा लिन थालिएको छ । तसर्थ उहाँको बढ्दो लोकप्रियताप्रति नेताहरुलाई डाहा हुनु स्वभाविक हो । तै पनि संकटका घडीमा पार्टीको उच्च स्थानलाई आगमी दिनमा कायमै राख्न यस्ता गुटगत राजनीतिले पक्कै पनि सहयोग गर्दैन ।
गत नेकपा एमालेको महाधिवेशनमा माधवकुमार नेपाल पराजित भएकै दिनदेखि पराजयको पिडा सहन नसकेर बन्चरो लागेर मर्न नसको रागो रन्थनि झै गरी उनी र उनका अन्धभक्तहरु गुटगत राजनीतिमा लागेका थिए । पछि नेकपा एमाले र एकिकृत नेकपा (माओवादी) को एकिकरण पश्चात त उनी कसरी ओलीलाई असफल बनाउन सकिन्छ भनेर नानाथरी तानावान बुन्दै अगाडि बढिरेहेका छन् । उनी सुरुदेखि नै ओलीलाई अप्ठेरो पार्ने काममा कुनै बेला आफै र कुनै बेला आफ्ना समर्थक नेताहरुलाई अगाडि बढाएर सकृय रहदैं आएका छन् । कयौं पटक त उनी पार्टीले आयोजना गरेको कार्यक्रम र मिटिङमा समेत अनुपस्थिति भएका थिए । त्यति मात्रै होइन महाधिवेशन पश्चात पार्टीको विभिन्न कमिटीको अधिवेशन, भातृ संगठनको अधिवेशन, स्थानीय, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार छनौटका विषयमा समेत उनले पार्टीको कार्यलाई पूर्ण रुपमा असहयोग गर्दै आएका छन् । त्यतिमात्रै होइन पछिल्ला दिनहरुमा आफ्नै पार्टीको नेतत्वमा बनेको सरकारले गरेका राम्रा कामहरुको समेत उनले असहयोग गर्ने मनाशाय प्रकट गरिरहेका छन् । उनी जहिले पनि पद र सम्मानका लागि अग्रसर नै रहिआएका छन् । यसका लागि उनले अदृश्य रुपमा आफ्ना सेनामेनाहरुलाई परिचालन गर्दै आएको छन् । उनको अन्तिम इच्छा भनेको देशको प्रधानमन्त्री बन्ने हो जसका लागि उनले अहिले आफ्नो सकृयता गुटगत रुपमा अगाडि बढाउंदै छन् ।
प्रचण्ड निकटकाहरुको भनाई अनुसार उनले पार्टी एकिकरण गर्नुको मुख्य उदेश्य पद नै हो । उनमा पार्टीको एकल नेतृत्व वा सरकारको नेतृत्वमा तीव्र इच्छा छ जसले गर्दा उनी जहिले पनि निहित स्वार्थका लागि सकृय रहदैं आएका छन् । पछिल्ला दिनमा उनी सरकारको पछि प्रतिपक्ष राजनीतिक दल नेपाली कांग्रेसभन्दा पनि खतरनाक भाइसर भएर अगाडि बढिरहेका छन् । उनी पर्दा पछाडि बसेर सरकारको विरोधमा उत्रिरहेका छन् । उनले यसका लागि मिडियालाई प्रमुख हतियार बनाएका छन् भने राष्ट्रका केही व्यक्तिहरुलाई समेत परिचालन गरिरहेका छन् ।
माधवकुमार नेपाल पछि पार्टीका अर्का अध्यक्ष प्रचण्ड अर्को गुट बनाएर पार्टीमा सकृय रहदैं आएका छन् । पहिलो संविधानसभाको निर्वाचनमा सवैभन्दा ठूलो राजनीतिक दल बनेको तत्कालीन नेकपा माओवादीले आफ्नो साखलाई लामो समयसम्म टिकाउन सकेन । प्रचण्डलाई माओवादी भित्र असफल नेताका रुपमा लिने गरिन्छ । उनको नेतृत्व क्षमता निकै कमजोर मानिन्छ । उनी पार्टीमा सिमित व्यक्तिहरुको नेताको रुपमा परिचित छन् । उनको असफल नेतृत्वका कारण माओवादी विभाजनदेखि दोश्रो संविधानसभाको निर्वाचनमा अप्रत्याशित पराजय उनीहरुले भोग्नु परेको थियो । यसरी दिनप्रति दिन पार्टीले जनविश्वास गुमाउँदै गएपछि गत स्थानीय निर्वाचनमा आफ्नै टाउकाको मूल्य तोक्ने नेता र पार्टीसंग उनी घुडा टेक्दै टाउको जोड्न पुगेका थिए । तर उनको नेतृत्व जीवितै राख्न एमालेका अध्यक्ष केपी ओलीले सहयोग गरेर पार्टी एकतासम्म गराउनु भएको कुरा अहिले प्रचण्डले विर्सेका छन् ।
उनीमा अहिले आफु कुन धरातलबाट आजको स्थानमा पुगेको छु भन्ने कुनै हेक्का छैन । उनी हिजोमा दिनमा सानो एकिकृत नेकपा माओवादीको नेता झैं आज पनि ठूलो पार्टीको एकलौटी नेतृत्व गर्न तम्सीरहेका छन् । जसको परिणाम स्वरुप उनी लागि परेका छन् । पार्टी एकिकरण भएकै दिनदेखि प्रचण्डले आफ्नो गुटगत राजनीतिलाई जोड दिदैं आएको देखिन्छ । पार्टी एकिकरण पश्चात सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश कमिटीदेखि सबै खालका कमिटी गठनमा उनले आफ्नो ममुहको हिस्साका लागि मोलतोल गर्दै आएका छन् । आफुले भने अनुरुपमा स्थान नपाए उनी अर्को खेलमा लागि हाल्ने गर्दछन् । प्रचण्ड निकटकाहरुको भनाई अनुसार उनले पार्टी एकिकरण गर्नुको मुख्य उदेश्य पद नै हो । उनमा पार्टीको एकल नेतृत्व वा सरकारको नेतृत्वमा तीव्र इच्छा छ जसले गर्दा उनी जहिले पनि निहित स्वार्थका लागि सकृय रहदैं आएका छन् । पछिल्ला दिनमा उनी सरकारको पछि प्रतिपक्ष राजनीतिक दल नेपाली कांग्रेसभन्दा पनि खतरनाक भाइसर भएर अगाडि बढिरहेका छन् । उनी पर्दा पछाडि बसेर सरकारको विरोधमा उत्रिरहेका छन् । उनले यसका लागि मिडियालाई प्रमुख हतियार बनाएका छन् भने राष्ट्रका केही व्यक्तिहरुलाई समेत परिचालन गरिरहेका छन् । सरकारले गरेका जस्ता सुकै कामको पनि आलोचना गर्नु उनीबाट परिचालित समूहको हुने गर्दछ । वर्तमान सरकार र प्रधानमन्त्रीलाई असफल बनाउन सके आफु नेतृत्वमा जाने दिवा सपना बोकेर प्रचण्ड यतिबेला सकृय छन् । परिणाम स्वरुप उनी आफ्ना गुटका मानिसहरु बोकेर हिडिरहेका छन् ।
केही समय अगाडिसम्म बेग्ला वेग्लै गुटको नेतृत्व गर्दै आएका प्रचण्ड, माधव, झलनाथदेखि बामदेव अहिले भने एक भएर सरकारको विरोधमा उत्रिने तरखरमा लागेका छन् । उनीहरुको मिसन भनेको वर्तमान सरकारलाई असफल बनाउने र सरकारले अगाडि सारेका कार्यलाई बाधा पु¥याउने हो । यसका लागि उनीहरुले विहिवार भैसेपाटीमा नेताहरुको भेला गराई सरकारको विरोधमा उत्रिने योजना बनाएका छन् । जुन अहिलेका लागि बेमौषमी फल जस्तो देखिन्छ ।
त्यसैगरी पार्टीमा आफ्नो अस्थित्व जीवित राख्न नेपालमा कम्युनिष्ट पार्टीको असफल नेताका रुपमा परिचित झलनाथ खनालपनि यीनै नेताहरुको पथमा अगाडि बढेका छन् । पटक पटक पार्टीको नेतत्व गर्ने अवसर पाएका खनाल कुनै बेला पनि सफल नेताका रुपमा स्थापित हुने सकेका छैनन् । उनको अहिलेको इच्चा भेनेको सके राष्ट्रपति नसके सम्मानजनक पद हो । त्यस्तै गत निर्वाचनमा पराजित बामदेव गौतम पनि पदका अवसरका लागि अहिले गुटगत राजनीतिमा लागेका छन् । उनको मिसन भनेको सांसद बन्ने र सरकारमा सामेल हुने हो । यसका लागि उनी पार्टी नेतृत्व र सरकारको विरोधमा लागेका छन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अहिले आफ्नो मिसन पूरा गर्न विभिन्न योजना बनाएर कार्य गरिरहेको अवस्थामा यी दुई स्वार्थी नेताको योजनामा अन्य नेताहरु अगाडि बढिरहेका छन् । सरकारको योजना अनुसार सरकारलाई काम गर्न दिए आम पार्टी कार्यकर्ताको समर्थन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका पक्षमा बढ्ने डरले गुटगत राजनीतिमा लागेका नेताहरु एक भएर सरकारको विरोधमा लाग्न थालेका छन् । केही समय अगाडिसम्म बेग्ला वेग्लै गुटको नेतृत्व गर्दै आएका प्रचण्ड, माधव, झलनाथदेखि बामदेव अहिले भने एक भएर सरकारको विरोधमा उत्रिने तरखरमा लागेका छन् । उनीहरुको मिसन भनेको वर्तमान सरकारलाई असफल बनाउने र सरकारले अगाडि सारेका कार्यलाई बाधा पु¥याउने हो । यसका लागि उनीहरुले विहिवार भैसेपाटीमा नेताहरुको भेला गराई सरकारको विरोधमा उत्रिने योजना बनाएका छन् । जुन अहिलेका लागि बेमौषमी फल जस्तो देखिन्छ । अहिलेको अवस्था भनेको पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनु, पार्टी एकिकरणलाई सफल तुल्याउनु र सरकारको लक्ष्य र योजनालाई सफल बनाउनु हो तर यो कुरा पार्टीका शीर्ष नेताहरुले बुझेर पनि बुझ पचाउनु नेपाली जनता र कार्यकर्ताका लागि दुर्भाग्य मान्नु पर्दछ । यस प्रकारको राजनीतिले भोलिका दिनमा न त पार्टीलाई नै फाईदा हुन्छ न अहिले गुटगत राजनीतिमा लागेका नेताहरुलाई नै । त्यसैले अहिलेको आवश्यकता अनि पछिका लागि नेपालको राजनीतिमा कम्युनिष्टहरुको राजनीतिक भविश्यका जोगाउन गुटगत राजनीतिलाई तत्कालै अन्त्य गरी वर्तमान नेतृत्व र सरकारलाई सहयोग गरी अगाडि बढ्नु नै सबै नेताहरुको हितमा हुने छ ।