काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो ।
नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सरकारले फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नु भएको हो ।
चौतर्फी विरोध भएपछि सरकारले दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्रीमार्फत् यो निर्णयको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराइएको थियो । त्यसपछि संविधानको धारा ११४ को २ (ख्र) बमोजिम अध्यादेश खारेज हुनेछ । संविधानको उक्त धारामा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्नु भएको हो ।