काठमाडौं । उदयपुर र जनकपुरमा एकएक जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितहरुको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये नौ जना निको भएर घर फर्किएका छन् ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज एक जना थपिएपछि उदयपुरको संक्रमित २५ जना पुगेका छन् । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


















