काठमाडौं । लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने भएका छन् । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।
चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि दैनिक ज्वालादारीमा काम गर्ने मजदुरहरु हिडेरै घरतर्फ फर्किन थालेपछि सरकारले यस्तो निर्णय गरेको बताइएको छ । सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्ने पाउने छन् र घर फर्किनेहरुले सोही सवारी साधानमा जानु पर्नेछ ।




















